नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश
![नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश](https://rpcdn.ratopati.com/media/albums/Volleyball_e86WyJ605E.jpg)
नेपाल पुलिस क्लब छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ]त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस सेमिफाइलनमा प्रवेश गरेको हो ।
राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जीत निकाल्यो । यस जीतसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । यसअघि साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–२०,२५–१० र २५–१७ मा पराजित ग-यो ।
नेपाल भलिबल सङ्घले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । जसमा च्याम्पियनसिपबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच टोली आगामी चैतमा आयोजना हुने क्लब लिगका लागि छनोट हुनेछन् ।
जारी प्रतियोगिताको महिला तथा पुरुष विजेताले रु चार लाख प्राप्त गर्दा उपविजेताले रु दुई लाख पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुको नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु
-
सुनसरी र नुवाकोटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने