
केपी ओली प्रवृत्तिलाई परास्त गरिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्तिलाई परास्त गर्ने बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै केपी ओली प्रवृत्ति विरुद्ध लड्ने बताएका हुन् ।
‘लड्ने हो, भिड्ने हो, वाईसीएल र क्रान्तिकारी मिलेर टीम बनाउने हो, जाग्ने हो’, उनले उनले । पार्टी क्रान्तिकारी ढंगले चल्ने भन्दै आफूले ल्याएको परिवर्तन जोगाउन शान्तिपूर्ण संघर्ष गर्ने प्रचण्डले बताए ।
उनले प्रतिक्रियावादीलाई हेप्दा र लड्दा केही फरक नपर्ने भन्दै आफूले केही समय अघि ओलीलाई आगोसँग नखेल्ने भनेको स्मरण गराए । ‘जनविरोधी तत्वलाई तह लगाएर मात्रै चयन हुन्छ’, प्रचण्डले सम्बोधनका क्रममा भने ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ