शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवतीको बलात्कार र हत्या गर्ने बेलायती प्रहरीलाई जन्मकैदको सजाय

बिहीबार, १४ असोज २०७८, १७ : ५६
बिहीबार, १४ असोज २०७८

शारा एभरार्डलाई पक्राउ गरेको बहानामा अपहरण, बलात्कार अनि हत्या गरेको आरोपमा एक पूर्व प्रहरी अधिकारीलाई जन्मकैदको सजाय सुनाइएको छ । वेयन कजेन्सले ३३ वर्षीया शारालाई गत मार्च ३ मा आफ्नो साथीको घरबाट फर्कने क्रममा अपहरण गरेका थिए ।

४८ वर्षीय कजेन्सलाई सजाय सुनाउनअघि न्यायाधीशले यो घटना दुखद र क्रूर भएको बताएका थिए । ‘तिमीले तिम्रो परिवारलाई धोका दियौ,’ न्यायाधीशको भनाइ थियो । लर्ड जस्टिस फुलफोर्डले अपहरण, बलात्कार र हत्याको परिस्थिति ‘विचित्र’ भएको बताउँदै यस अपराधको सजाय जन्मकैद भएको जिकिर गरे । न्यायाधीशले सजाय सुनाइरहँदा कजेन्स भने टाउको निहुराएर बसिरहेका थिए ।

गत मार्च ३ तारिखका राति आफ्नो घर फर्किरहेकी शारालाई कजेन्सले आफ्नो महानगरीय प्रहरीको पक्राउ पुर्जी कार्ड देखाएर हतकडी लगाएर पक्राउ गरेका थिए । त्यसपछि शारालाई केन्टको एकान्त ठाउँमा लगेर गाडी पार्क गरेर बलात्कार गरेका थिए । त्यसपछि बिहान साढे २ बजेको आसपास प्रहरीको पेटीले घाँटीमा बाँधेर हत्या गरेका थिए । 

कजेन्सले त्यसपछि शाराको शरीरलाई जलाएर नजिकैको तालमा फालेका थिए । घटनामा प्रयोग गरेको कारबाट पहिचान खुलेपछि उनलाई मार्च ९ मा प्रहरीले पक्राउ गरेको थियो । शाराको शवका हिस्सा भोलिपल्ट प्रहरीले फेला परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप