सिग्देललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
बिहीबार, १४ असोज २०७८, १७ : ४२
सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्विकृत दिने निर्णय समेत गरेको बताए । उनले सरकारले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्विकृत दिने निर्णय गरेको समेत बताए ।
विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटलीपछि अष्ट्रेलियाले पनि लगायो डीपसिकमाथि प्रतिबन्ध
-
मूर्ति सेलाउँदा डुबेर बेपत्ता विद्यार्थीको शव १४ घण्टा पछि फेला
-
सीआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव
-
च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने
-
क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
-
अमेरिकाले पठाएका २०५ अवैध भारतीय आप्रवासी बुधबार आइपुग्दै