अनुमतिबिनै भइरहेको प्रसारण नरोके केबल व्यवसाय बन्द हुने चेतावनी
केबल टेलिभिजन व्यवसायी महासंघले नेपालमा अनुमति नै नलिई कार्यक्रम प्रसारण भइरहेको बताएको छ । महासंघले इन्टरनेट, ओटीटी एप्स, वेभ ब्राउजिङ, आईपीटीभी लगायतले अनुमति नै नलिई टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेको आरोप लगाएको हो ।
राष्ट्रिय प्रसारण ऐन, २०५९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रसारणको अनुमति नलिई कार्यक्रम प्रसारण गर्न पाइँदैन । तर, ती कम्पनीहरुले प्रसारणको अनुमति नै नलिई कार्यक्रम प्रसारण गरिहेको बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघले बताएको हो ।
यस्तै, विज्ञापन ऐन (नियमन गर्ने), २०७६ लगायत प्रसारण सम्बन्धी कानूनको परिपालना नभएको पाइएको पनि महासंघले बताएको छ । कानून उल्लंघन गरेर गैरकानूनी प्रसारण हुँदा केबल टेलिभिजन व्यवसाय संकटमा परेको र बन्द हुने स्थिती आइपुगेको व्यवसायीले बताएका छन् ।
त्यसैले, गैरकानूनी ढंगबाट चलेको प्रसारणलाई आवश्यक कारबाही गरेर केबल व्यवसाय बन्द हुनबाट रोक्न महासंघले माग गरेको छ । यस्तै, केबल व्यवसाय नै धरासायी बनाउने नियत राखी नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएकाले उक्त निर्णय फिर्ता गर्नुपर्ने समेत महासंघको माग छ । केबल व्यवसायीको राष्ट्रिय भेला काठमाडौं घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण