शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विक्की–रश्मिकाको अण्डरवेयरको विज्ञापनमा हंगामा, प्रयोगकर्ताले लेखे – पैसाका लागि...

बिहीबार, १४ असोज २०७८, १७ : १७
बिहीबार, १४ असोज २०७८

हिन्दी फिल्म जगतका यस्ता थुप्रै कलाकार छन् जो विज्ञापनमा फिचर भएका कारण ट्रोल भएका छन् । पछिल्ला केही हप्तामा थुप्रै बलिउड सेलिब्रिटी ट्रोल्सको निशानमा आए । सुरुमा ऋतिक रोशन र कट्रिना कैफको जोमेटो विज्ञापनका लागि विवाद भयो । त्यसपछि आलिया भट्टको विज्ञापनमा पनि प्रयोगकर्ताले धेरैथरी भने । अब विक्की कौशल र रश्मिका मंदाना हालै सार्वजनिक भएको विज्ञापनका लागि चर्चामा आएका छन् । यी दुबैलाई ट्वीटरका प्रयोगकर्ताले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

यस्तो छ विज्ञापनः

विज्ञापनमा रश्मिका मंदाना एक योग प्रशिक्षकको भूमिकामा देखिएकी छिन् । उनी विक्की कौशलको अण्डरवियरको पित्ता हेरिरहेकी छिन् । विज्ञापनको पहिलो भागमा रश्मिका विक्कीको अण्डरवियरको फित्ता हेर्न यति मुग्ध हुन्छिन् कि उनले गन्न नै बिर्सिन्छिन् । विज्ञापनको दोस्रो भागमा दराजको माथिल्लो भागबाट विक्की केही उठाउने कोसिस गर्छन् । त्यतिबेला टिसर्ट माथि सर्छ र नायिकाको नजर विक्कीको अण्डरवियरको फित्तामा पुनः पर्छ । यसअघि पनि यस्तै केही विज्ञापनमा प्रयोगकर्ताले रिस देखाइसकेका छन् । हालै वरुण धवन पनि एक अण्डरवियरका लागि फिचर भएका थिए, उनलाई पनि प्रयोगकर्ताले बाँकी राखेनन् ।

रश्मिका र विक्कीको यो विज्ञापनबारे एक प्रयोगकर्ताले लेखे, ‘आमूल माचोको एउटा विज्ञापन निकै खराब थियो । यो एक तरिकाले निकै सस्तो विज्ञापन हो । ’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘यदि यहाँ जेन्डरलाई फेरिएको हो भने महिलावादीले नायकलाई प्रतिबन्ध गरिदिन्थे । उनलाई केही भन्न बाँकी राख्दैनथे । पुरुषमाथि घृणायुक्त प्रतिक्रिया आउनेछन् र ट्वीटरमा पुनः यो अभियान चलाइनेछ । पैसाका लागि जे पनि गर्ने ?’

कामको कुरा गर्ने हो भने रश्मिका मंदाना चाँडै नै बलिउड डेब्यू गर्दैछिन् । उनी सिद्धार्थ मल्होत्रासँग फिल्म ‘मिशन मजनू’ सँगै देखिनेछिन् । यसबाहेक अमिताभ बच्चनसँग पनि उनी एक फिल्ममा अनुबन्ध छिन् । फिल्मको नाम हो ‘गुडबाई’ । बलिउडका काम गर्नका लागि रश्मिका मुम्बई सरिसकेकी छिन् । यस्तै, विक्की कौशलको फिल्म ‘सरदार उद्धम सिंह’ को ट्रेलर रिलिज भइसकेको छ । १६ अक्टोबरमा यो फिल्म अमेजन प्राइममा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप