शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

७४ जिल्लाका माओवादीहरू काठमाडौंमा भेला हुँदै

बिहीबार, १४ असोज २०७८, १७ : ०९
बिहीबार, १४ असोज २०७८

नेकपा माओवादी निकट सम्पर्क समन्वय विशेष प्रदेश कमिटीको भेला शनिबार हुने भएको छ । शनिबार राजधानीको आँगन पार्टी प्यालेसमा भेला तथा प्रशिक्षण कार्यक्रम तय भएको कमिटीमा इन्चार्ज डिलाराम आचार्यले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार भेला तथा प्रशिक्षण कार्यक्रममा ७४ जिल्लाका प्रतिनिधि सहभागी हुनेछन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रशिक्षणात्मक सम्बोधन गर्नेछन् । 

कार्यक्रमबाट बदलिएको परिस्थितिमा समाजवादको जग निर्माण गर्ने सन्दर्भमा देशव्यापी मन्थन हुने आचार्यको भनाइ छ । ‘संगठनको क्षेत्रमा कसरी अघि बढ्ने, काठमाडौं बाहिरबाट आएकालाई कसरी संगठन र पार्टीमा समेट्ने, उनीहरुमा आइपर्ने विभिन्न समस्याको समाधान र संरक्षण कसरी गर्नेलगायतका योजना भेलाबाट बन्छ’, आचार्यले भने। सम्पर्क कमिटी उपत्यका र जिल्ला जोड्ने सेतु भएकाले काठमाडौं, ललितपुर र भक्तपुर भने समेटिएको छैन ।  पछिल्लो समय माओवादीले विभिन्न कमिटीहरूलाई चलायमान बनाउँदै लगेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप