असहिष्णु नबन्न ओलीलाई विश्वप्रकाशको सुझाव
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संवादमा आउन आग्रह गरेका छन् । संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक ओलीले बहिस्कार गरेपछि उनले ओलीलाई असहिष्णु नबन्न आग्रह गरेका हुन् ।
शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ l साझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ l सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल मञ्चबाट असहिष्णु बात गर भन्दैन l श्रद्धेय केपी शर्मा ओलीज्यू, द्वन्द्वको हल हठ होइन संवादले खोजौँ l गतिरोधले गिराउँदो छविप्रति गम्भीर बनौँ l
सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ l साझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ l सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल मंचबाट असहिष्णु बात गर भन्दैन l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 30, 2021
श्रद्देय @kpsharmaoli ज्यु, द्वन्दको हल हठ होइन संवादले खोजौं l गतिरोधले गिराउँदो छविप्रति गम्भीर बनौं l
नेकपा एमालेले निरन्तर संघीय संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ । संसद्को गतिरोध अन्त्यका लागि सभामुख अग्नि सापकोटाले पनि सर्वदलीय बैठक बोलाएका थिए । सो बैठक पनि एमालेले बहिस्कार गरेको थियो । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई मान्यता दिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध सर्वोच्चमा मुद्दा रहेकाले उक्त पार्टी सहभागी हुने बैठकमा नजाने बताउदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण