शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी र अमेरिकी कुटनीतिज्ञबीच जेनेभामा गोप्य वार्ता

बिहीबार, १४ असोज २०७८, १६ : १९
बिहीबार, १४ असोज २०७८

रुसी र अमेरिकी कुटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो। 

अमेरिकी विदेश विभागका भेन्डी शर्मन र रूस को उपविदेश मन्त्री सर्गेई र्याबकोभ  बीच  नियमित भेटघाट र वार्ताको  अपेक्षा गरिएको  थियो। संयुक्त राष्ट्रसंघका लागि रुसको मिसनका एक सदस्यका अनुसार वार्ता बिहान १०:०० (0800 GMT)  को आसपास शुरू भएको थियो। 

विदेश विभागको निशस्त्रीकरण प्रमुख बोनी जेनकिन्सका अनुसार वासिङ्टनटनले जेनेभामा हुने वार्ताबाट ठोस कदम चाल्ने अपेक्षा गरेको छ र यो वार्ता त्यसका लागि महत्त्वपूर्ण हुने बताएका छन् । स्वीस समाचार एजेन्सी एटीएसले उक्त छलफलले निशस्त्रीकरणका अतिरिक्त दुबै पक्षले नयाँ प्रविधि, अन्तरिक्ष र कृत्रिम बुद्धि मत्ताको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ।

रुसको संयुक्त राष्ट्रसंघ मिसनमा बिहीबार आयोजित वार्ता जुलाईको अन्त्यमा अमेरिकाद्वारा आयोजित  हातहतियार नियन्त्रणमा केन्द्रित वार्तापछि भएको हो । गत जुन १६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन र रुसी समकक्षी पुटिनले उक्त छलफल केही मतभेदका बीच पनि महत्त्वपूर्ण रहेको बताएका थिए। तत्कालीन शीतयुद्धको  चरम अवस्थामा पनि  मस्को र वाशिङ्टन द्वन्द्व चर्किन नदिन निरन्तर सम्पर्कमा थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप