शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रोकायाद्वारा माओवादी पार्टी परित्यागको घोषणा, एमाले प्रवेश गर्ने

बिहीबार, १४ असोज २०७८, १५ : ४१
बिहीबार, १४ असोज २०७८

नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निश्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए । 

रोकायाले आफू नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको पनि बताए ।  एमालेमा जानको लागि अहिले नेताहरुसँग अन्तिम छलफल भैरहेको उल्लेख गर्दै रोकायाले भने–‘कम्युनिष्ट आन्दोलन बचाउनको लागि अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिएपनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु ।’ 

देश जनता र कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र हितार्थ सम्पुर्ण क्रान्तिकारी, अग्रगमनका पक्षधरहरुले गम्भिर भएर सोच्ने दिन आएको उनको भनाई थियो ।  
उनले आफूले २३ वर्षसम्म नेकपा (एमाले) मा रहेर काम गरेको स्मरण गराए । तर,  २०७० सालमा एमाले परित्याग गरेर उनी २०७१ मा तत्कालिन एकीकृत माओवादीमा  प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप