एमालेको विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसँग जोडिएको छ : रामबहादुर थापा
नेकपा एमालेका नेता रामबहादुर थापाले एमालेको प्रथम विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसँग जोडिएको बताएका छन् । महाधिवेशनका मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका थापाले बुधबार पत्रकार सम्मेलनमा बोल्दै सो विधान महाधिवेशन नेपाल र नेपालीको भविष्य कतातिर लैजाने भन्नेमा केन्द्रीत हुने जानकारी गराए । उनले महाधिवेशनले समाजवादको दीर्घकालीन कार्यक्रम पनि तय गर्ने उल्लेख गरे ।
भोलिदेखि असोज १७ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी दिँदै महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव प्रस्तुत हुने जानका
री दिए । उनले यो महाधिवेशन पार्टी नेतृत्वको विषयमा केन्द्रीत नभई बिचार, नीति र कार्यक्रमको महाधिवेशन भएको उल्लेख गरे ।
नेता थापाले महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा जनवादी क्रान्ति, पार्टी एकता र विघटनको समीक्षा, नेकपा सरकारको समिक्षा हुने जानकारी दिए । यस्तै प्रतिवेदनमा नेपाल र अन्तर्राष्ट्रिय सम्बन्ध, सामाजिक अन्तरविरोधको विश्लेषण गरिएको, विकास र समृद्धिको बाधक को हुन् त्यसबारे पनि विश्लेषण गरिएको जानकारी दिए ।
उनले विधान महाधिवेशनले पार्टी आन्दोलनको आगामी कार्यभार तय गर्ने बताउँदै एमालेको नयाँ विधानमा पार्टीको नेतृत्व निर्माण गर्नेबारे विभिन्न ९२ धारामा व्यवस्था गरिएको बताए । यस्तै नयाँ विधानमा पार्टीको मुख्य पदमा २ कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरिएको छ । यस्तै नयाँ विधानमा पार्टीको नेतृत्वबारे ७० वर्षे उमेर हदको व्यवस्थालाई कायमै राखिएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण