शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चाजस्तो : अधिकारी

बिहीबार, १४ असोज २०७८, १५ : २३
बिहीबार, १४ असोज २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चा जस्तो भएको टिप्पणी गरेका छन् । बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा एकीकृत समाजवादी अवैधानिक पार्टी भएको जिकिर गरे । 

उनले नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताए । उनले नेकपा एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने बताए ।  

‘नेकपा एस पार्टी वैधानिक पार्टी होइन, कृत्रिम गर्भाधानबाट जन्मेको बच्चा जस्तो छ, त्यो पार्टी नै होइन’, उनले भने, ‘संसदको अवरोध खुलाउन खोजेको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रुपमै भेट्नुहोस्, ज्ञानेन्द्रबहादुर कार्कीलाई सिधै तपाईको प्रधानमन्त्रीलाई संसदीय दलको नेतासँग भेट्नुहोस् । नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहन्छ ।’ उनले आफूहरुको माग पुरा नहुँदासम्म संसदको अवरोध जारी रहने पनि बताए । 

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका मुद्दालाई सम्वोधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप