३२ अंकले घटेको सेयर बजारमा तीन अर्बको कारोबार, तीन कम्पनीका लगानीकर्ता मालामाल
आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३२ अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा जम्मा तीन अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसक्रममा आज जम्मा ७३ लाख २१ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
बजार उच्च अंकले घटे पनि आज व्यापार, अन्य र म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । व्यापार ११८ अंकले, अन्य ४ अंकले र म्यूचुअल फण्ड समूह ०.०३ अंकले बढेको छ । यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । विकास बैंक समूहमा सबैभन्दा धेरै १५५ अंकको, निर्जीवन बीमा समूहमा १०४ र जीवन बीमा समूहमा १०१ अंकको गिरावट आएको छ ।
समग्र बजार घटेपनि आज नेपाल फाइनान्स, मैलुङ खोला र मनकामना स्मार्ट लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । एकैदिन १० प्रतिशतले मूल्य बढेसँगै यी तीन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण