रौतहटमा अवैध सामानसहित पिकअप बरामद
रौतहटमा प्रहरी गस्ती टोलीले अवैध सामानसहित एउटा नेपाली नम्बरको पिकअप गाडी बरामद गरेको छ । सीमा नाकाबाट हुने चोरी निकासी र पैठारी कार्य नियन्त्रण अन्तर्गत प्रहरीले भन्सार छलेको चिनीसहित पिकअप गाडी बरामद गरेको हो ।
प्रहरीले गौर नगरपालिका–५ मा ना १ ज ३२९६ नम्बरको पिकअप गाडीमा २० बोरा चिनी तथा अन्य समान बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।
भारतको बिहार राज्यको मोतिहारी जिल्ला, कुंडवा चैनपुर ग्राम पञ्चायत घर भई हाल रौतहटको गरुडा नगरपालिका ३ बस्ने वर्ष ३५ का जोतनारायण साहले ल्याएको उक्त चिनीको बिल बिजक माग्दा नदिएपछि अनुसन्धानका लागि प्रहरीले चिनीसहित गाडी नियन्त्रणमा लिएको हो ।
एक लाख ७३ हजार बराबरको चिनी, खाने तेल, पतञ्जली बिस्कुट, पारले जी बिस्कुट करिव तीन लाख बराबरको पिकअप गाडीसमेत बरामद गरी गौर भन्सार बुझाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का