बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्वेता तिवारी अस्पताल भर्ना : पूर्वपतीले भने, ‘धेरै नै बडी बनाउनेहरुको मुटु थाक्छ’

बिहीबार, १४ असोज २०७८, १४ : ३५
बिहीबार, १४ असोज २०७८

टिभी अभिनेत्री श्वेता तिवारी अस्पताल भर्ना भएकी छिन् । श्वेताको रक्तचाप निकै कम भएका कारण र कमजोरीका कारण अस्पताल भर्ना गर्नुपरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । श्वेताको स्वास्थ्यमा समस्या देखिएको भन्ने खबर आएपछि प्रशंसकले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसैबीच श्वेताका पूर्व श्रीमान अभिनव कोहलीको प्रतिक्रिया पनि सार्वजनिक भएको छ ।

 अभिनव कोहलीले आफ्नो पोस्टमा श्वेता तिवारीका लागि के लेखे ?

अभिनव कोहलीले इन्स्टाग्राममा श्वेता तिवारीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, नायिकाको तौलको विषयमा पनि प्रतिक्रिया दिएका छन् । आफ्नो पोस्टमा अभिनवले लेखे, ‘मलाई र मेरो छोरालाई एक–अर्कासँग भेट्न र सँगै बस्ने अधिकारको लडाईं आफ्नो ठाउँमा छ, जुन अदालतमा चलिरहेको छ । तर भगवानको कृपाले श्वेतालाई छिटो निको होस् । ’

त्यसपछि अभिनवले आफ्नो पोस्टमा श्वेतामाथि निशाना साँध्दै लेखे, ‘अभिनेत्री विचरा तपाईंहरुको अगाडि सबैभन्दा सुन्दर बन्ने चक्करमा र तपाईंहरु सबैको थप माया पाउनका लागि चाहिनेभन्दा बढी बडी बनाउँछन् । थोरैभन्दा थोरै खाना खान्छन् र एकदिन उनीहरुको मुटु थाक्ने गर्छ ।’

छोराको कस्टडीका लागि लडिरहेका छन् अभिनव–श्वेताः

स्मरण रहोस्, श्वेता तिवारी र अभिनव कोहली अब छुट्टीइसकेका छन् । सन् २०१९ मा उनीहरुको बाटो अलग्गिएको हो । अभिनवसँग श्वेताको यो दोस्रो विवाह हो । यो विवाहबाट उनीहरुका एउटा छोरा रेयांश पनि छन् । अलग्गिएपछि श्वेता र अभिनवबीच छोरा रेयांशको कस्टडीको विषयमा अदालतमा विवाद चलिरहेको छ । श्वेताकी एक छोरी पनि छिन् जसको नाम पलक हो । पलकका पिता राजा चौधरी हुन् । राजसँग श्वेताले पहिलो विवाह गरेकी थिइन् । विवाहको केही वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप