शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

बिहीबार, १४ असोज २०७८, १३ : ४२
बिहीबार, १४ असोज २०७८

सेती प्रादेशिक अस्पताल धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ७ बस्ने ८४ बर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । 

श्वास प्रश्वासको समस्या देखिएपछि बुधबार साँझ अस्पताल भर्ना गरिएको र कोरोना परिक्षण गर्दा उनमा कोरोना पुष्टी भएको श्रेष्ठले बताए । बिहीबार उनको भेन्टीलेटरमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप