सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नेपाल र बेलायतका निजी क्षेत्रले उर्जा विकासमा सहकार्य गर्ने

बिहीबार, १४ असोज २०७८, १३ : २९
बिहीबार, १४ असोज २०७८

नेपाल र बेलायतका निजी क्षेत्रले उर्जा विकासमा सहकार्य गर्ने भएका छन् । भर्चुअल माध्यमबाट भएको छलफलअनुसार उर्जाको विकासका लागि बेलायती उद्योगी÷व्यवसायीले नेपाली उर्जा व्यवसायीसँग सहकार्य गर्ने भएका हुन् । 

दुई देशका निजी क्षेत्रको आपसी सहकार्यले कार्वन उत्सर्जन न्यूनिकरण गरी हरित र दीगो अर्थतन्त्र निर्माणका लागि सहयोग पुग्ने अपेक्षा लिइएको छ । नेपाल लगानी बोर्डको आयोजनामा भएको भर्चुअल कार्यक्रममा बेलायती निजी क्षेत्रले नेपालको उर्जा विकासमा सहयोग गर्ने बताएका हुन् ।

बेलायतको संयोजनमा आगामी नोभेम्बर १ देखि १२ सम्म स्कटल्याण्डको ग्लास्गो शहरमा आयोजना हुन गइरहेको ‘युनाईटेड नेशन्स क्लाइमेट चेन्ज कन्फ्रेरेन्स’को पूर्वतयारीस्वरुप भर्चुअल कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालको हरित पूर्वाधारमा लगानी गरी लाभान्वित हुन र सन् २०३० सम्ममा उच्चमध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्यमा सघाउन अनुरोध गरे । अर्थमन्त्री शर्माले नेपालमा उत्पादित स्वच्छ तथा नवीकरणीय ऊर्जाको निर्यातले छिमेकी मुलुकको कार्बनको भार समेत कटौती गर्न सहयोग पुग्ने विश्वास व्यक्त उनले व्यक्त गरे ।

यस्तै, बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उर्जा क्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न नेपाल र बेलायतका लगानीकर्ताहरुलाई अपिल गरे । उनले हरित क्षेत्रमा वैदेशिक लगानी आकर्षण तथा प्रवर्द्धन गर्न बोर्डको कटिबद्ध रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप