मन्त्रालयको भागबण्डा आजभोलि नै टुंगिन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने बताएका छन् बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं । अरू केही मन्त्रालय पनि छिट्टै सम्भवतः आजभोलि नै टुंगिँदैछ’ प्रचण्डको भनाइ छ ।
पूर्व प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रममा पारिएको बताए । ‘तपाईंहरुले हेरिरहनु भयो होला, पहिलोचोटी सरकारको साझा न्युनतम कार्यक्रममा सहिद तथा वेपत्ताका बारेमा घाइते अपाङ्गका बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण, उपचारका सन्र्दभमा औपचारिक दस्तावेजीकरण भएर अघि बढेको छ’, उनले भने, ‘विगतमा छुटेकाहरूलाई समेटेर राष्ट्रिय सहिद घोषणा गर्ने भनेर प्रक्रिया पनि अघि बढेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे