किम जोङ उन दक्षिण कोरियासँग हटलाइन खोल्न तयार, मेलमिलापका लागि यो कति महत्वपूर्ण ?

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग मेलमिलापका लागि हटलाइन सेवा बहाल गर्ने तयारीमा भएको बताएको छ । उनको ताजा बयान उत्तर कोरियाको संसदको वार्षिक सत्रका बेला आएको छ । उत्तर कोरियाले यो वर्ष अगस्टमा अमेरिकासँग दक्षिण कोरियाले सैन्य अभ्यास गरेपछि यो हटलाइन बन्द गरेको थियो ।
संसद सत्रका बेला किम जोङ– उनले अमेरिकामाथि आरोप लगाउँदै उसले कोरियाप्रतिच आफ्नो ‘शत्रुतापूर्ण नीति’ परिवर्तन नगरीकनै कुराकानीको प्रस्ताव राखेको बताए ।
दक्षिण कोरियाप्रति उदार तर अमेरिकामाथि निशानाः
सरकारी समाचार संस्था केसीएनएले किम जोङ–उनलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकाले कूटनीतिक सम्बन्धबारे कुरा गरिरहेको छ र तर यो अन्तरराष्ट्रिय समुदायलाई धोक दिने र आफ्नो शत्रुतापूर्ण कामलाई लुकाउने आफ्नो सानो कदम हो । यो अमेरिकी प्रशासनद्वारा लगातार आपनाइएको शत्रुतापूर्ण नीतिका नै विस्तार हो ।’
यद्यपि, किम जोङ–उन दक्षिण कोरियासँग शान्तिको सशर्त प्रस्ताव बढेको देखिएको छ ।
केसीएनएको रिपोर्टमा भनिएको छ, ‘किम जोङ–उनले कोरियाको दुई देश बीच हटलाइनलाई अक्टोबर अघि बहाल गर्ने इच्छा व्यक्त गरेका छन् । तर दुई देशको सम्बन्धलाई बहाल गरिने वा वर्तमान स्थिति झैं बिग्रिरहन दिने भन्ने कुरा चाहिँ दक्षिण कोरियाको अधिकारीको व्यवहारमा निर्धारण गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै