सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

कर्णालीमा चाडपर्व लक्षित कडा सुरक्षा योजना तयार, कस्तो छ सुरक्षा योजना ?

बिहीबार, १४ असोज २०७८, १२ : २३
बिहीबार, १४ असोज २०७८

दशैं, तिहार, छठ पर्वलाई लिएर कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । त्यसका लागि प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयहरुलाई समन्वयमा चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले चाडपर्वको अवधिभर १ सय ४४ वटा ओआरटी परिचालन गरिने जानकारी दिए । 

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘ प्रदेशभर १ सय २९ स्थानहरुमा नियमित  चेक प्वाइन्ट ड्युटी (मापसे चेकिङ सहित) राखिने  व्यवस्था मिलाइएको छ ।’ साथै विभिन्न ४४ स्थानहरुमा ट्राफिक सहितको संयुक्त चेकिङ गरिने छ भने सीमा नाकाहरुमा चोरी तस्करी नियन्त्रण गर्नका लागि नौ वडा स्थानमा प्रहरी परिचालन गरिनेछ। राजमार्गहरुमा हुने गतिविधिलाई सहज बनाउन पिकेट राजमार्गमा स्कर्टिङ मोवाईल गस्ती र ३८९ स्थानहरुमा पैदल गस्ती परिचालन गरिने छ। 

विभिन्न ३२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनुका साथै ९७ वटा आर्थिक कारोबार हुने स्थान,धार्मिक तथा पर्यटक स्थलहरूको सुरक्षा व्यवस्थापन गरिएको छ। यस्तै कर्णाली राजमार्ग लगायत अन्य राजमार्गमा विशेष चेकिङ (लामो दुरिको सवारी चेकिङ) का लागि ६१ स्थान निर्धारण गरिएको  पनि उनले जानकारी दिए ।

चाडपर्वलाई लक्षित गरी दैनिक उपभोग्य बस्तुहरुको कालोबजारीलाई मध्यनजर गर्दै खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्था मिलाइएको छ।
चाडबाडको समयमा जुवातास, मापसे गरी झै(झगडा,अपराधिक घटना, सवारी दुर्घटनाका घटनाहरु र बैंक तथा वित्तिय संघ–संस्था लगायतका  क्षेत्रहरुलाई लक्षित गरी चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, पाकेटमारी जस्ता अपराधिक गतिविधि निस्तेज र निरुत्साहित गर्नका उक्त, योजना तयार गरिएको श्रेष्ठले जानकारी दिए।  

श्रेष्ठले प्रदेश प्रहरी कार्यालयले प्रदेश तथा मातहत कार्यालयहरूमा चाडपर्व अवधिभर सादा पोसाक र  पैदल गस्ती जस्ता कार्यहरु पनि गर्ने छ। 
ओआरटी, स्ट्राईकिङ, पिकेट, मोबाइल गस्ती, कर्डन एण्ड सर्च राजमार्ग चेकिङ, ट्राफिक प्रहरी सहितको आकस्मिक संयुक्त चेकिङ र नियमित चेक ९मा।प।से। चेकिङसहित० चेकप्वाईन्टहरु खडा गरी आवश्यक चेकजाँचको व्यवस्था मिलाइएको  छ  भने सीमा नाकामा पनि प्रभावकारी चेकिङको व्यवस्थापन  गरिएको छ। 

उनले भने ,‘ यात्रुहरूको सहजताको लागि यात्रु सहायता कक्ष स्थापनाका र अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरी बजार अनुगमन र नियन्त्रण गर्न प्रभावकारी रुपमा योजनाबद्ध प्रहरी परिचालन गरिनेछ।’ उनका अनुसार प्रदेश प्रहरी कार्यालय सहित मातहत १० जिल्लाहरुमा एक(एक वटा कमाण्ड सेन्टरको स्थापना गरी जम्मा ५ हजार १५१ प्रहरी जनशक्ति खटाइएको  छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप