शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण औसत आयुमा कमी, दोस्रो विश्वयुद्धपछि पहिलो पटक यस्तो देखिएको खुलासा

बिहीबार, १४ असोज २०७८, १२ : ०७
बिहीबार, १४ असोज २०७८

कोरोना भाइरसका कारण संसारभरी औसत आयु कम भएको छ । यो दाबी अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धाता सन् २०२० को मृत्युको आँकडालाई आधार मानेर बताएका हुन् । इन्टरनेशनल जर्नल अफ एपिडेमियोलोजीमा प्रकाशित शोधका अनुसार यो दोस्रो विश्वयुद्धपछि एक वर्षभित्र मानिसको आयुमा आएको सबैभन्दा ठूलो गिरावट हो ।

वर्ल्डोमिटरका अनुसार संसारभरी २९ सेप्टेम्बरसम्म ४७ लाखको मृत्यु कोभिड–१९ का कारण भएको छ । यसमा पनि अमेरिकामा सबैभन्दा बढी ७.११ लाख मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा ५.९५ लाख र भारतमा ४.४७ लाखको मृत्यु भएको छ ।  यो अनुसन्धानले के भन्छ ? यो कसरी र किन भयो ? यसको नतिजाले के भन्छ ? कोभिड–१९ ले मृत्यु दरलाई कसरी बढाएको छ भन्ने बारे पनि जानकारी लिऔं ।

यो शोधको उद्देश्य के हो ?

औसत आयु​मार्फत् कुनै पनि व्यक्तिको औसत आयुको अनुमान लगाउने गरिन्छ । औसत आयु जीवनको वास्तविक अनुमान नभई त्यतिबेलाको मृत्यु दरलाई आधार बनाएर भविष्यमा कुनै व्यक्तिको जीवन कति लामो हुनेछ भनेर यसमा आँकलन गरिन्छ ।

अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धाताको उद्देश्य भिन्न भिन्न देशमा कोभिड–१९ ले मानिसको जीवनकाल अर्थात् लामो आयुमा के कस्तो असर पारेको छ भनेर पत्ता लगाउनु हो । महामारीका कारण कुनै  देशको जनसंख्याको मृत्युदरमा पर्ने असरलाई जान्नका लागि औसत आयु​को प्रयोग एक प्रमुख इन्डिकेटरको रुपमा हुने गर्छ ।

घट्यो पुरुषको औसत आयुः

के भन्छ अक्सफोर्ड युनिभर्सिटीको शोधले ?

अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धाताले ती २९ देशको अनुसन्धान गरेको छ जसले २०२० मा भएको मृत्युको आँकडा प्रकाशित गरेको छ । यसमा युरोपका धेरैजसो देशका साथै अमेरिका र चिली पनि समावेश छन् । यो शोमा यी देशका भिन्न भिन्न उमेर समूहमा औसत आयुको दर संकलन गरेको छ ।

शोधमा २०१५–२०२० बीचको मृत्युदरको ट्रेन्डको आधारमा २९ देशमा लिंग र उमेरको आधारमा औसत आयुको अनुमान लगाइएको छ । सन् २०२० को आँकडाको तुलना सन् २०१५ र सन् २०१९ को बीचको ट्रेन्डसँग गरियो । यसबाट थाहा हुन्छ कि कोभिड–१९ का कारण कुन देशमा नागरिकको औसत उमेर घटेको छ वा बढेको छ ।

शोधको नतिजाले के भन्छ ?

अनुसन्धाताको समूहले २९ मध्ये २७ वटा देशमा सन् २०२० मा औसत आयुको दर घटेको पाए ।

सन् २०१५ को तुलनामा सन् २०२० मा १५ देशमा महिला र १० देशमा पुरुषको औसत आयु घटेको छ । अनुसन्धाताले सन् २०१५ सँग यसकारण तुलना गरे किनभने त्यतिबेला पनि फ्लूको मौसममा हज्जारौंको ज्यान गएको थियो ।

 शोधका सह–लेखक डा. जोस म्यानुअल अबुर्तोले भने, ‘स्पेन, इंगल्याण्ड र वेल्स, इटली, बेल्जियमसमेत अन्य पश्चिमी युरोपेली देशमा औसत आयुमा कुनै एक वर्षमा यस्तो प्रकारको गिरावट दोस्रो विश्वयुद्धका बेला मात्रै भएको थियो ।

उनका अनुसार २२ देशमा आधा वर्षमा औसत आयुमा कमी देखिएको छ । ८ देशमा महिला र ११ देशमा पुरुषको औसत आयुमा गिरावट आएको हो । यो महत्वपूर्ण छ किनभने यी देशमा एक वर्षको आयु बढ्न ५.६ वर्ष लागेको थियो र कोभिड–१९ ले उनीहरुलाई करिब १०–१५ वर्ष पछि धकेलेको छ ।

महिलामा घट्यो औसत आयुः

लैङ्गिक आधारमा औसत आयुको आँकडाले के भन्छ ?

सबै २९ देशमा महिलाको तुलनामा पुरुषको औसत आयु दर निकै हदसम्म प्रभावित भएको छ । अमेरिकी पुरुषमा सबैभन्दा धेरै कमी देखिएको छ । उनीहरुको औसत आयु सन् २०१९ को स्तरको तुलनामा सन् २०२० मा २.२ वर्ष कम भएको छ । त्यसपछि लिथुआनियाको नम्बर आउँछ जहाँ पुरुषको औसत आयु १.७ वर्ष कम भएको छ ।

अनुसन्धानका सह–प्रमुख लेखक डा. रिद्धी कश्यपका अनुसार अमेरिकामा औसत आयुको दर सबैभन्दा बढी घटेको छ । यसको एउटा ठूलो कारण यहाँ सन् २०२० मा काम गर्ने वर्गमा मृत्यु अत्यधिक भएको छ । यस्तै, युरोपका धेरैजसो देशमा ६० माथिका उमेर समूहमा बढी मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप