सहजै भन्सार जाँच पासको व्यवस्था मिलाउन विभागलाई नाडाको आग्रह
![सहजै भन्सार जाँच पासको व्यवस्था मिलाउन विभागलाई नाडाको आग्रह](https://rpcdn.ratopati.com/media/albums/WhatsApp_Image_2021-09-29_at_18.44.17_YiAbtn60Wd.jpeg)
नाडा अटोमोबाइल्स नेपालले भन्सार विभागका महानिर्देशकलाई भन्सार जाँच पासमा सहजीकरण गरिदिन अनुरोध गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई यस्तो आग्रह गरेको हो । विभागले हालसालै जारी गरेको भन्सार निर्देशक लगायतका विषयमा समेत छलफल भएको नाडाले जानकारी दिएको छ । उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए ।
छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागबीच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारी समेत भईसकेको जानकारी दिए । उक्त छलफलमा महासचिव सुनिल रिजालले एच.एस कोड परिर्वतन र साफ्टा सुविधा अन्तर्गत आउने अटोमोबाइल वस्तुहरुको वर्गीकरणमा स्पष्टता हुनु पर्ने बताए ।
महानिर्देशक सापकोटाले भन्सार जाँच पासमा थप सहजीकरण गर्ने बताउँदै व्यवसायीहरुका लागि अनलाईन पेमेन्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने बताए । सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइल समेत तयार गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीद्वारा माइतीघर मण्डलमा दीप प्रज्वलन, तस्बिरहरु
-
पोखराका १९ कर्मचारीको स्थायी नियुक्ति सदर
-
माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा टिका
-
शरतसिंह भण्डारीको मन्त्री पद धरापमा !
-
नयाँ शक्तिको निर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण
-
ठमेलमा प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेता कमल जोशी पक्राउ