आफूले चुनाव जिते प्रचण्डको ‘प्लान’ कार्यान्वयन गर्ने दाबी
नेकपा माओवादीको जनवर्गीय संगठन अखिल क्रान्तिकारीको २२ सौं राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ । प्रज्ञा भवनमा माओवादी अध्यक्ष प्रचण्डले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रिय सम्मेलनमा होमिएको अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वका लागि धेरै जना दाबेदार देखिएका छन् । यीमध्ये अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष पन्चा सिंह र सुरेन्द्र बस्नेतको नाम विशेष चर्चामा छन् ।
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले यो राष्ट्रिय सम्मेलनबाट बिदा लिँदैछन् । नयाँ अध्यक्षमा एकजना महिलासहित करिब ६ जनाको दाबेदारी छ । अध्यक्षका उनै दाबेदारहरुमध्ये यहाँ हामीले पञ्चा सिंह र सुरेन्द्र बस्नेतसँग तपाईँहरुका एजेण्डा के कस्ता छन् भनेर सोधेका छौं ।
प्रस्तुत छ, विद्यार्थी नेताद्वय सुरेन्द्र बस्नेत र पन्चा सिंहसँग विद्यार्थी आन्दोलन र अखिल क्रान्तिकारीले लिर्ने आगामी नीतिबारे रातोपाटीले गरेको कुराकानी :
अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा तपाईँले अध्यक्षको दाबी गरिरहनुभएको छ, अखिल क्रान्तिकारीको नेतत्वमा तपाईंकै दाबेदारी किन ?
सुरेन्द्र बस्नेत : अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा मैले पनि आफ्नो दावी पेश गरेको छु । यो सम्मेलनमा शिक्षा, स्वास्थ्य र रोजगारीका निम्ति हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औ सम्मेलन भनेर हामीले मूल नारा तय गरेका छौं । यो सम्मेलनबाट हामी यस्तो कार्यदिशा तय गर्नेछौं, जसका आधारमा नेपाली विद्यार्थी आन्दोलनको नयाँ मार्गचित्र कोरिनेछ ।
अधिकांश क्रान्तिको लडाइँमा हामीले सफलता प्राप्त गर्याैं । शिक्षा र स्वास्थ्यलाई संविधानमा मौलिक हक भनेर लेखाएका पनि छौं । तर, कार्यन्वयन हुन बाँकी छ । कतिपय मानिसहरुले अबको विद्यार्थी आन्दोलनको बाटो के ? भनेर पनि प्रश्न गरेका छन् ।
म भन्न चाहान्छु अबको विद्यार्थी आन्दोलनको बाटो भनेकै शिक्षा र स्वास्थ्यको मौलिक हकलाई जीवन व्यवहारमा सम्पूर्ण हिसावले कार्यान्वयन गर्ने काम नै हाम्रो बाटो हुनेछ । यो कुरा लागु गर्न नै मैले अखिलको अध्यक्षका रुपमा आफूलाई उभ्याएको छु ।
यसरी आफूलाई अघि सार्दै गर्दा अहिलेको उपाध्यक्षमध्ये म सिनियर उपाध्यक्ष पनि हो । गएको निर्वाचनमा खुल्लातर्फ मैले सवैभन्दा धेरै मत पनि प्राप्त गरेको थिएँ । विगतमा संगठनको कार्यवाहक अध्यक्ष भएर पनि जिम्मेवारी निर्वाह गरेको छु ।
त्यस्तै काठमाडौ जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, नेवा राज्यको सहइञ्चार्ज, संयोजक हुँदै संस्थापक प्रवक्ता भएर दुई कार्यकाल बिताएको छु । यस अनुभव र जिम्मेवारी निर्वाह गरेको तथा विद्यार्थीसँगै रहेका कारणले मैले आफूलाई अध्यक्षका रुपमा अघि सारेको हो ।
पञ्चा सिंह : अहिले दाबेदार जो साथीहरु हुनुहुन्छ, म सबैभन्दा सिनियर हो । प्रतिस्पर्धामा जाँदा सबैले उम्मेदवारी दिन पाउने कुरा स्वाभाविक छ, तर, सहमतिमा पार्टीले निर्णय गर्ने अवस्थामा आएमा म सिनियर हो । २१ औं राष्ट्रिय सम्मेलनमा प्यानल बनाएर हामी लडेका थियौं । त्यसमा करिब १७ सय प्रतिनिधिमा पौने ११ सय भोट ल्याएर मैले जितेको हो । त्यो सर्वाधिक मत थियो ।
आजको दिनमा अध्यक्ष प्रचण्डले गुटबिहीन संगठन बनाउने जुन खालको प्लानिङ गर्न खोज्नुभएको छ, पार्टी संगठनलाई एकीकृत र सुदृढ बनाएर जान खोज्नुभएको छ त्यो प्लानिङलाई कार्यान्वयन गर्न पनि मलाई नेतृत्व चाहिएको छ । सबैलाई मिलाएर अखिल क्रान्तिकारीलाई अघि बढाउन सक्छु ।
विगतमा महिला नेतृत्वको दावी गर्नसक्ने ठाउँमा पुग्नसक्ने स्थितिसम्म पनि बनेन, माओवादी पार्टीको नियतमा समस्या होइन कि कारणबस कार्यान्वयनको ठाउँमा महिला आउन सकेको थिएन । तर, आजका दिनमा जे योगदान गरेर फस्ट म्यानको दाबा गरेकी छु, त्यसो हुँदाखेरि पार्टीले बोकेको समावेशी समानुपातिक एजेण्डा कार्यान्वयन गर्नका लागि तथा पार्टीमा एकखालको सन्देश दिनका लागि महिलालाई नेतृत्वको अवसर प्रदान गर्नुपर्छ ।
तपाईँले नेतृत्वको दावी गर्दैगर्दा के एजेण्डा बोकेर विद्यार्थीमाझ जाँदै हुनुहुन्छ ?
पन्चा सिंह : अखिल क्रान्तिकारीको आगामी कार्ययोजना र कार्यदिशाको कुरा गर्दा हिजो संगठनले राजनीतिक परिवर्तन बिना शिक्षा नीतिमा परिवर्तन असम्भव छ भन्यौँ । विगतमा हामीले राजनीतिक लडाइँलाई प्रधान बनायौं, तर, आजका दिनमा जनवादी शिक्षाको नारा र एजेण्डा अलमलमा परेको जस्तो जे भइरहेको छ अबका दिनमा चाहिँ संविधान प्रदत्त शैक्षिक अधिकारलाई कार्यान्वयन गर्नेतर्फ लाग्ने हो ।
जसमा आधारभूत शिक्षालाई निःशुल्क बनाउन संविधानमा जे कुरा मौलिक अधिकारका रुपमा उल्लेख गरिएको छ, यो विषय आजको दिनमा अखिल क्रान्तिकारीको कार्यान्वयनको एजेण्डा बन्नुपर्छ । त्यसो हुँदा यो विषय कार्यान्वयनका लागि राजनीतिक दलहरु तथा नीति निर्माण तहमा पुगेकाहरूलाई दवाव सिर्जना गर्ने, आवश्यक नीति निर्माण गर्नका लागि पैरवी गर्ने नै हो । यद्यपि त्यो तहमा दलहरु पुग्ने स्थिति बनेन भने अखिल क्रान्तिकारीलाई सडक र संघर्षको न्यायिक आन्दोलनमा सशक्त बनाउन लागि पनि नेतृत्वमा मैले नेतृत्वमा आफ्नो दावा गरेकी छु ।
संसदीय राजनीतिले अहिले पनि एउटा सरकार बन्ने र अर्को सरकार गिराउने जे ढंगको परिपाटीले मुलुक स्थायित्वतिर जान नसक्ने समस्याहरु छन्, यो समस्याको निवारणका लागि कार्यकारी राष्ट्रपतिको एजेण्डा अखिल क्रान्तिकारीको एजेण्डा बनाएर जानुपर्छ ।
चुनावी प्रणाली महँगो र धनी तथा करोडपतिहरूले मात्रै चुनाव लड्ने जुन परिपाटी छ, त्यसले भुइँतहका जनताका छोराछोरी नीति निर्माण तहमा नपुग्ने अवस्था आउन सक्छ । व्यवस्था बदलिए पनि नेतृत्व तहमा पुग्न जे खालको सकस छ त्यसलाई अन्त्य गर्न समानुपातिक निर्वाचन प्रणालीलाई संस्थागत गर्नतर्फ लाग्ने एजेण्डा पनि मेरो छ ।
अहिलेको निर्वाचन प्रणालीले ठीक ढंगले नेतृत्व स्थापित गर्न सक्दैन भन्ने ठहरका साथ पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डालाई अगाडि बढाउने सोचेकी छु । राष्ट्रिय स्वाधीनताको सवालमा खरो रुपमा उत्रिने पनि मेरा एजेण्डा छन् ।
आजका दिनमा राष्ट्रघाती प्रवृत्ति मुलुकमा जसरी मौलाउन खोजिराखेको छ यसका विरुद्धमा अखिल क्रान्तिकारीलाई सतिसालको रुपमा उभ्याएर राष्ट्रियताको लडाइँमा अखिल क्रान्तिकारीलाई उभ्याउने एजेण्डा पनि लिएर अघि बढ्न खोजेकी छु ।
सुरेन्द्र बस्नेत : पहिलो कुरा विद्यार्थी आन्दोलनको चित्र र चरित्र बदल्नुपर्छ भन्ने मेरो भनाइ छ । पञ्चायत कालमा राजनीतिक दलहरु प्रतिबन्धित हुँदा जनताका आवाजमा भोटे ताल्चा लागेको थियो । त्यस्तो अवस्थामा जनताका आवाजहरू विद्यार्थी संगठनले बोल्नुपर्ने अवस्था थियो तर अहिले अवस्था फेरिएको छ । दलहरु राजनीतिक झण्डा उठाउन, राजनीतिक पैरवी गर्न दलहरु आफै अग्रभागमा आइसकेको अवस्थाले हामीले आज पनि तिनै राजनीतिक मुद्दा उठाइरहनुपर्ने बाध्यता छैन ।
जानेर नजानेर हामी कहिलेकाहीँ अल्मलिने गरेका पनि छौं । त्यसैले अब विद्यार्थी आन्दोलनमा राजनीतिक मुद्दा कम र शैक्षिक मुद्दा बढी उठाउनुपर्छ । आन्दोलनको स्वरुप पनि बदल्नुपर्छ र तौरतरिका पनि बदल्नुपर्छ भन्ने मलाई लाग्छ । तेस्रो कुरा, नेपालको विद्यार्थी आन्दोलनले बर्दी विनाको सेनाले जस्तै काम गर्दै आएको इतिहास छ ।
राष्ट्रिय स्वाधिनताको प्रश्न अहिले पनि उत्तिकै जर्जर छ । कालापानी, सुस्ता, एमसीसीमा राष्ट्रियता दुखिरहेको छ । यस्तो अवस्थामा हामीले राष्ट्रियताको पहरेदारी गर्दै लाखौं लाख विद्यार्थीहरुलाई जागृत गराउने काम गरिएन भने हाम्रो राष्ट्रिय स्वाधीनतामाथि जुनसुकै बेला प्रश्न उठ्ने खतरा छ ।
त्यसैले राष्ट्रियता जोगाउन सेनानीका रुपमा विद्यार्थीले भुमिका खेल्नु जरुरी छ भन्ने मेरो भनाइ हो । अन्तिम कुरा १२ कक्षासम्मको शिक्षा संविधानमा निशुल्क भनिएको छ, व्यवहारमा कार्यन्वयन भएको छैन । यो कार्यान्वयन गर्न जोड हुनेछ ।
अर्को, स्वास्थ्यजस्तो संवेदनशील विषयमा सिटामोल नपाएर कैयौं नेपालीले जीवन बिताउनु परिरहेको छ, त्यस्तो अवस्था हुनुहुँदैन भनेर हामीले यो सम्मेलनलाई र भावी कार्यभारलाई केन्द्रित गर्ने सोच बनाएको छु ।
अहिलेका विद्यार्थी संगठनहरु माउ पार्टीको पछुवा भए तर विद्यार्थीको हकहितका सवालमा केही काम गरेनन् भन्ने आरोप छ नि ?
पन्चा सिंह : यो विषयमा त अखिल क्रान्तिकारीले हिजो र आजका दिनमा पनि खण्डन गर्दै आएको छ र हामी भोलि पनि खण्डन गर्नेगरी अगाडि बढ्छौँ । हामी संगठनको इतिहासलाई निरन्तरता दिएर र यसलाई सिर्जनात्मक र रचनात्मक ढंगले परिमार्जित गरेर जान चाहन्छौं । पार्टी सरकारमा हुँदा अथवा नहुँदा पनि हामीले सडक संघर्षलाई निरन्तरता दिएका छौं ।
प्रतिपक्षी आन्दोलनको विरासतलाई आजका दिनमा कसैले बचाएको छ भने अखिल क्रान्तिकारीले नै बचाएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले एक भएर सरकार बन्दै गर्दा त्यतिबेला सरकारले ल्याएको नीति तथा कार्यक्रममा सार्वजनिक शिक्षाको संरक्षण गर्ने नाममा जुन ढंगले निजी शैक्षिक संस्थालाई पोस्ने योजना बनाइयो त्यसका विरुद्ध हामीले बोलेका हौँ । पार्टी सरकारमा हुँदा गर्दा हामीले हाम्रो पार्टीको अनुशासनको परवाह नगरी जनताको पक्षमा बोलेका थियौं ।
कोरोना महामारीका बेला जनता भोकभोकै हुने, उपचार नपाउने, भ्याक्सिन नपाउने अवस्था बन्दा सरकार बेखबर बनेको थियो, त्यतिबेला पनि सरकारलाई घच्घच्याउन अखिल क्रान्तिकारी गएकै हो । पछिल्लो समय बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति होस् वा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विकृति विसंगति होस् या कोभिड भ्याक्सिन नपाएर विश्वविद्यालयको परीक्षा सर्दै गरेको अवस्थामा किन नहोस् यसबारे संयुक्त विद्यार्थी संगठनसँग समेत मिलेर हामीले निरन्तर पहल कदमी लिएका हौँ । यावत कुरामा अखिल क्रान्तिकारीले पार्टी सत्तामा छ, गरिहाल्छ, भइहाल्छ भनेर चुप लागेर बसेको छैन ।
सुरेन्द्र बस्नेत : विद्यार्थी आन्दोलनका बारेमा केही प्रश्नहरु निश्चित रुपमा उठेका छन् । त्यस्ता प्रश्नको उत्तर हामीले दिन जरुरी छ । यदि त्यसलाई हामीले ठीक ढंगले मुखरित गरेनौँ भने मानिसहरुले विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो पनि भन्न सक्छन् । त्यसकारण हामीले बडो सावधानीका साथ इतिहासको कठघरामा उभिएर जवाफ दिनुपर्छ । विद्यार्थी संगठनहरु राजनीतिक दलको पिछलग्गु मात्रै हुने हो भने कुनै औचित्य रहँदैन ।
त्यसकारण विद्यार्थी आन्दोलन नयाँ ढंगले पुनर्संगठित, परिभाषित र चरित्र नयाँ ढंगले विकास गर्न जरुरी छ । यो भनेको विद्यार्थीका एजेण्डा र समस्या विद्यार्थी संगठनका एजेण्डा बन्न सक्नुपर्छ । त्यसका निम्ति विद्यार्थीले विद्यार्थीकै बीचबाट नेता जन्माउनुपर्छ । कतिपयले भन्ने गरेको विद्यार्थी आन्दोलन समाप्त भयो भनेको सुनिन्छ यो कुरा गलत हो । पुरानै ढर्राको आन्दोलन समाप्त भएको हो ।
नयाँ परिस्थितिमा नयाँ ढंगले विकास गरिएन भनेचाहिँ औचित्य समाप्त हुन्छ । के नेपालमा राष्ट्रिय स्वाधिनताको प्रश्न अहिले पनि उत्तिकै जर्जर छैन र ? नेपालको राष्ट्रियता जोगाउँदै शैक्षिक क्षेत्रको व्यवस्थापन जरुरी छैन ? त्यसैले यी समस्या रहुञ्जेल विद्यार्थी आन्दोलनको औचित्य समाप्त हुँदैन, विद्यार्थीका मुद्दा र एजेण्डा छोडियो भने समाप्त हुनसक्छ ।
नेपालमा विद्यार्थी आन्दोलनको इतिहास र गौरव नेपालका राजनीतिक दलहरूको भन्दा विशिष्ट, पुरानो र पृथक छ । त्यसकारण विद्यार्थीका एजेण्डा र मुद्दामा विद्यार्थी आन्दोलनलाई फर्काउने कुरा नै प्रमुख विषय हो । त्यसो भयो भने विद्यार्थी आन्दोलन लोकप्रिय पनि हुन्छ ।
नेपालमा ६० लाख भन्दा बढि युवा विद्यार्थी विदेशीन वाध्य छन्,तिनलाई नेपालमा फर्काएर श्रम,सीप,अवसर र रोजगारीको व्यवस्था गरिनुपर्छ । पहिलो कुरा विद्यार्थी संगठन ठिक ढंगले अघि बढ्नुपर्यो, तिनका नेता ठीक ढंगले अघि बढ्यो भने आन्दोलनको औचित्य थप बढ्ने मेरो विश्लेषण छ ।
तपाईंहरुको राजनीतिक एजेण्डा सुनियो, शैक्षिक क्षेत्रका समस्यालाई कम महत्व दिइएको हो कि ? नेतृत्व चयनका बेला विद्यार्थीले शैक्षिक एजेण्डा उठाए पनि सम्मेलन सकिएपछि माउ पार्टीकै पिछलग्गु हुने गरेको गुनासो छ नि ?
पन्चा सिंह : पहिलो कुरा त मैले भनेँ । संविधानप्रदत्त शिक्षामा मौलिक अधिकारको व्यवस्था कार्यान्वयनको कुरा गरेकी छु । आजको दिनमा यो निकै महत्वको कुरा पनि हो । संविधानप्रदत्त मौलिक अधिकारले शैक्षिक क्षेत्रको आधारभूत तहमा निःशुल्क शिक्षाको ग्यारेन्टी गरेको छ । यो कुराले शिक्षामा क्रान्ति ल्याउन सक्छ र निजी शिक्षण संस्था चलाएर बसेका व्यापारीहरूको लुटको स्वर्ग यसले भत्काउनेवाला छ ।
शैक्षिक हिसावले यो जनताको जनजीवनसँग जोडिएको छ । जनताको छोराछोरीले निःशुल्करूपमा गुणस्तरीय शिक्षा पाउने कुरासँग जोडिएको सवाल हो । यो सँगसँगै विश्वविद्यालय शिक्षालाई जनताको पहुँचमा लैजाने भन्ने अखिल क्रान्तिकारीको जे एजेण्डा र नारा छ, त्यो नारा अन्तरगत विभिन्न प्रदेशमा विश्वविद्यालयहरू स्थापना भइराखेका छन् ।
ती विश्वविद्यालयहरूलाई हामीले ‘सेन्टर फर एक्सिलेन्ट’ को रुपमा विकास गर्नका लागि अभियान पनि सञ्चालन गरिरहेका छौं । मैले भनेको कुरा शिक्षा क्षेत्र छाडेर होइन, मेरो कार्यक्षेत्र शिक्षा क्षेत्र हो र शिक्षा क्षेत्रको आमूल परिवर्तन गर्ने संकल्प लिएर म अखिल क्रान्तिकारीको फस्टम्यानको दाबी गरिरहेको छु । यसमा राजनीतिक विषय प्रधान बनेको र शिक्षा क्षेत्र सहायक बनेको भन्ने विषय नै होइन । शिक्षा र राजनीतिलाई सँगसँगै जोडेर लैजाने हो ।
सुरेन्द्र बस्नेत : विद्यार्थी आन्दोलनका बारेमा केही प्रश्नहरु निश्चतरुपमा उठेका छन् । त्यस्ता प्रश्नको उत्तर हामीले दिन जरुरी छ । यदि त्यसलाई हामीले ठीक ढंगले मुखरित गरेनौं भने मानिसहरुले विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो पनि भन्न सक्छन् । त्यसकारण हामीले बडो सावधानीका साथ इतिहासको कठघरामा उभिएर जवाफ दिनुपर्छ ।
विद्यार्थी संगठनहरु राजनीतिक दलको पिछलग्गू मात्रै हुने हो भने कुनै औचित्य रहँदैन । त्यसकारण विद्यार्थी आन्दोलन नयाँ ढंगले पुनर्संगठित, परिभाषित र चरित्र नयाँ ढंगले विकास गर्न जरुरी छ । यो भनेको विद्यार्थीका एजेण्डा र समस्या विद्यार्थी संगठनका एजेण्डा बन्न सक्नुपर्छ । यसका निम्ति विद्यार्थीले विद्यार्थीकै बीचबाट नेता जन्माउनुपर्छ ।
कतिपयले भन्ने गरेको विद्यार्थी आन्दोलन समाप्त भयो भनेको सुनिन्छ, यो कुरा गलत हो । पुरानै ढर्राको आन्दोलन समाप्त भएको हो । नयाँ परिस्थितिमा नयाँ ढंगले विकास गरिएन भनेचाहिँ औचित्य समाप्त हुन्छ । के नेपालमा राष्ट्रिय स्वाधिनताको प्रश्न अहिले पनि उत्तिकै जर्जर छैन र ? नेपालको राष्ट्रियता जोगाउँदै शैक्षिक क्षेत्रको व्यवस्थापन जरुरी छैन ? त्यसैले यी समस्या रहुञ्जेल विद्यार्थी आन्दोलनको औचित्य समाप्त हुदैन, विद्यार्थीका मुद्दा र एजेण्डा छोडियो भने समाप्त हुनसक्छ ।
नेपालमा विद्यार्थी आन्दोलनको इतिहास र गौरव नेपालका राजनीतिक दलहरूको भन्दा विशिष्ट, पुरानो र पृथक छ । त्यसकारण विद्यार्थीका एजेण्डा र मुद्दामा विद्यार्थी आन्दोलनलाई फर्काउने कुरा नै प्रमुख विषय हो । त्यसो भयो भने विद्यार्थी आन्दोलन लोकप्रिय पनि हुन्छ ।
नेपालमा ६० लाख भन्दा बढी युवा विद्यार्थी विदेशिन वाध्य छन्, तिनलाई नेपालमा फर्काएर श्रम, सीप, अवसर र रोजगारीको व्यवस्था गरिनुपर्छ । पहिलो कुरा विद्यार्थी संगठन ठीक ढंगले अघि बढ्नुपर्यो, तिनका नेता ठीक ढंगले अघि बढ्यो भने आन्दोलनको औचित्य थप बढ्ने मेरो विश्लेषण छ ।
सबै विद्यार्थी संगठनका एजेण्डा उस्तै–उस्तै देखिन्छन् । तपाईको विचारमा अखिल क्रान्तिकारीमा के फरकपन छ ? विद्यार्थी आन्दोलन औचित्य बाँकी नै रहेको भनिरहँदा अहिलेका जल्दाबल्दा मुद्दाहरु के हुन् ?
पञ्चा सिंह: पहिलो कुरा त केही विद्यार्थी संगठनहरुले कलेजको गेटमा ‘कुल्फी खाएर जुल्फी हल्लाउँदै राजतन्त्रका विरुद्धको लडाइँ असम्भव छ’ भन्दा अखिल क्रान्तिकारीले सकिन्छ भनेर अघि बढेर हिम्मत जुटाएको संगठन हो । आजका दिनमा आइपुग्दा अखिल क्रान्तिकारीले उठाएका एजेण्डा र ईश्युमा मुलुक अगाडि बढेको छ । र, हिजो राजतन्त्र विरुद्धका लडाइँ असम्भव छ भन्नेहरुले आज हामीले पनि आज राजतन्त्र ढालेको हो भनेर अखिल क्रान्तिकारीले उठाएको एजेन्डालाई सेयर गर्न तयार बनेको स्थिति हेर्दाखेरी यो हाम्रोलागि गौरबको कुरा हो ।
हिजो पनि अखिल क्रान्तिकारी फरक थियो आजपनि हामी देखिरहेका छौं। पार्टी सत्तामा जाँदा पनि आफ्नो जिम्मेवारी भुलेका छैनौं । अखिल क्रान्तिकारी विचार र राजनीतिक कार्यदिशा निर्माणको सवाल तथा कार्यान्वयनमा दत्तचित्त भएर लाग्ने संगठन हो । अरुले लगाउने नारा र अखिल क्रान्तिकारीको कार्यान्वयन तथा व्यावहारिक अभ्यासको कुरा छ, त्यसो हुँदा हामी जनताको छोराछोरीहरुतर्फ फर्केर काम गर्न सक्ने संगठन हौं । अरु संगठन र अखिल क्रान्तिकारी बीचको फरक पनि यही हो ।
सुरेन्द्र बस्नेत : विद्यालय र विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । रोजगारमुलक, व्यवसायिक र व्यक्तिलाई आत्मनिर्भर बनाउने प्रकारको शिक्षा नीति ल्याउनुपर्छ पहिलो कुरा । दोस्रो, जसले शिक्षा हासिल गर्छ, तिनलाई देशभित्रै रोेजगारीको ग्यारेन्टि गर्ने काम सरकारको हुनुपर्छ । तर यसमा सरकारको ध्यान पुगेको छैन । हामीले पनि सरकारलाई त्यसमा बाध्य पार्न सकेका छैनौं ।
त्यसैले रोजगारमुलक र व्यवसायिक शिक्षा हासिल गर्न उसलाई रोजगारीको सरकारले ग्यारेन्टी गर्न बाध्य पार्न विद्यार्थी आन्दोलन लाग्नुपर्छ । तेस्रो कुरा, विश्वविद्यालयहरू राजनीतिक भागबण्डा र खिचातानीका क्रीडास्थल बनिरहेका छन् । जबसम्म विश्वविद्यालयका पदाधिकारीहरु दलीय भागबण्डाका आधारमा नियुक्त गर्ने प्रपञ्चको अन्त्य हुँदैन, तबसम्म विश्वविद्यालय सुधारको सम्भव छैन ।
त्यसैले विश्वविद्यालय, क्याम्पस र शिक्षालयका पदाधिकारी र प्राध्यापक, अध्यापकहरू खुल्ला प्रतिस्पर्धा, प्राज्ञिकता र दक्षताका आधारमा नियुक्त गर्नुपर्छ । दलीय पक्षधरता र दलभित्र पनि एउटा नेता र गुटको आधारमा विश्वविद्यालयको पदाधिकारी नियुक्त गर्ने र दलाली गर्ने परम्परा तोड्न जरुरी छ । बरु उनीहरुका सेवा सुविधा बढाउने, तर सम्पूर्ण समय र अनुसन्धान शिक्षा क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन जरुरी छ ।
शिक्षालाई मौलिक हक र संविधानमा पनि समाजवाद भनिएकाले समाजवादी शिक्षाका आधारहरू के के हुन सक्छन् भन्दा शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्छ । तर, राज्य अहिलेसम्म बेखबर छ । शिक्षाका धेरै अधिकार स्थानीय तहमा पनि गएको छ तर स्थानीय तह आफ्नो अधिकारमा पुरै बेखवर भएकाले हामीले देशव्यापी ३५० भन्दा बढी पालिकामा अखिल क्रान्तिकारीको कमिटी पनि बनाएका छौं । उपत्यका विशेषसहित आठवटा प्रदेशसहित प्रदेशबाट पालिकामा पुग्ने पहिलो अखिल क्रान्तिकारी संगठन भएको छ ।
यसबाट हामीलाई मुलुककै पहिलो संगठन विस्तार गर्ने मौका पनि प्राप्त भयो । यो हामीले किन गरेको भन्दा स्थानीय तहमा अधिकार गएकाले स्थानीय तहमै दवाव र जागरण आवश्यक छ भन्ने बुझेर हो । ६५ वटा भन्दा बढि जिल्लामा हामीले जिल्ला सम्मेलन पनि गर्यौ,यसकारण दवाव, जागरण र खबरदारी गर्न विद्यार्थी आन्दोलनका एजेण्डा र मुद्दालाई प्रमुखताका साथ उठाएका छौं ।
अन्त्यमा, केही भन्नु छ कि ?
पन्चा सिंह : अखिल क्रान्तिकारीको इतिहासमा हामी २२ औं राष्ट्रिय सम्मेलनलाई एउटा उत्सवको रुपमा लिइराखेका छौँ र हामी उत्सवमय ढंगबाट सम्पन्न गर्न खोजिराखेका छौँ । देशभरिमा हामीले जिल्ला सम्मेलन, प्रदेश सम्मेलनहरू निकै उत्साहपूर्ण ढंगले सम्पन्न गर्यौँ । राष्ट्रिय सम्मेलन पनि त्यसैगरी गर्न खोजिरहेका छौं । देशभरबाट सम्मेलनमा सहभागी आउनुहुने विद्यार्थी साथीहरुलाई काठमाडौंमा हार्दिक स्वागत गर्न चाहन्छु ।
नीति र नेतृत्व निर्माणका सवालमा २२ औं राष्ट्रिय सम्मेलनमा आफ्नो स्वविवेक प्रयोग गरेर क्रान्तिकारीको वैज्ञानिक नीति तयार गर्ने र त्यो नीतिलाई कार्यान्वयन गर्नका लागि सही नेतृत्व छान्ने सवालमा सचेततापूर्वक पहलकदमी लिनुहुन्छ भन्ने पनि विश्वास लिएको छु ।
सुरेन्द्र बस्नेत : लोकप्रिय रातोपाटीमार्फत देशभरका लाखौँलाख विद्यार्थीहरुलाई सम्मेलनको सफलता र सम्मेलनबाट तय हुने नीति सबै तहमा विस्तारित हुन सकोस् भन्ने सन्देश दिन चाहान्छु । साथै सम्मेलनलाई सहयोग गर्न सवै विद्यार्थी साथीहरुलाई अपिल गर्न चाहान्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?