आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

तीन दिनदेखि लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बिहीबार, १४ असोज २०७८, ११ : २७
बिहीबार, १४ असोज २०७८

स्थानीय बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो । सोमबार तोलामा ८९ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घट्दै आएको छ । मंगलबार तोलामा ३००, बुधबार १०० र आज विहीबार २०० ले घटेको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । महासंघले हिजो तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ११ सय २० रुपैयाँमा आइपुगेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप