बागमतीमा काँग्रेसले मुख्यमन्त्री पाउने चर्चा : शेखरको आपत्ति, बानियाँको जवाफ
काठमाडौं । बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा सुरु भएको छ । मुख्यमन्त्रीमा बागमती प्रदेशका काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नाम चर्चामा आएको छ ।
बागमती प्रदेशमा काँग्रेस र नेकपा (एकीकृत समाजवादी) ले आलोपालो सरकारको नेतृत्व चर्चा चलेको छ । यो चर्चासँगै काँग्रेस नेताहरुबीच सार्वजनिकरुपमै विवाद देखिएको छ । आगामी मंसिर ९–१३ मा हुने काँग्रेसको १४ औं महाधिवेशनलाई मध्यनजर गरी बानियाँ मुख्यमन्त्री बन्ने चर्चा चलेपछि काँग्रेसमा विवाद देखिएको हो ।
काँग्रेस केन्द्रीय सदस्य तथा सभापतिका दाबेदार डा. शेखर कोइरालाले महाधिवेशनलाई लक्षित गरी बानियाँको नेतृत्वमा सरकार बनाउनु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
विहीबार बिहान ट्वीटरमा कोइरालाले लेखेको छन्, ‘बागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ ।’
यसले काँग्रेस पार्टीलाई कमजोर बनाउने दाबी छ । ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली काँग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ?,’ कोइरालाको प्रश्न छ । उनले यस्ता कार्यमा संलग्न नहुन सबैमा आग्रहसमेत गरेका छन् ।
यता मुख्यमन्त्रीका दाबेदार इन्द्र बानियाँले अढाई महिना आफ्नो नेतृत्वमा सरकार बन्ने कुरा गतल भएको बताए ।
उनले भने, ‘पत्रकारहरु मनगणन्ते कुरा लेख्छन् । यथार्थ र सत्य तथ्य कुरा लेख्दैनन् । गठबन्धनको निर्णय भएको छैन । बजारको हल्लामा मिडिया चलेको छ । अढाई महिना सरकारको नेतृत्व गर्ने कुरा गलत हो ।’
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का बिरामी भएर अस्पताल भर्ना भएकाले बागमतीमा नयाँ सरकार गठनका सन्दर्भमा छलफल नै हुन नसकेको बानियाँको भनाइ छ । यस्तो अवस्थामा शेखर कोइरालाले हतास मनस्थितिका आधारमा टिप्पणी गरेको उनको आरोप छ ।
‘यो हतास मनस्थितिको उपस हो । कोइराला हुँदैमा काँग्रेसको विरासत पाउने हुँदैन । उहाँ जस्तो हतास मनस्थिति भएको मान्छे काँग्रेसको नेतृत्वका लागि योग्य छैन । उहाँ काँग्रेसले मुलुक चलाएको हेर्न चाहनुहुन्न, ’ उनले रातोपाटीसँग भने, ‘ एउटा कर्मचारी काँग्रेसको नेता बन्न सक्दै सक्दैन । नेता बन्नका लागि ठूलो छाती चाहिन्छ ।’
बजारको हावादारी कुुरामा प्रतिक्रिया दिने नेता काँग्रेस नेतृत्वका लागि योग्य नरहेको उनको दाबी छ ।
‘उहाँले यस्तो कुरा लेख्नुभन्दा हामीसँग एक पटक सोध्न पनि सक्नुहुन्थ्यो होला नि ? हावादारी कुराका पछाडि लागेर काँग्रेसविरुद्ध उहाँले अभिव्यक्ति दिइराख्नुभएको छ । उहाँको यो व्यवहार र शैली घोर आपत्तिजनक छ,’ उनले आक्रोश पोखे ।
पार्टी सभापति शेरबहादुर देउवाको धर्यताबाट प्राप्त उपलब्धिलाई समाप्त गर्ने दिशामा शेखर कोइराला लागेको बानियाँको आरोप छ ।
‘शेरबहादुर देउवाको धर्यताले आज ६३ सिट भएको काँग्रेस पूर्ण बहुमत सहमित सरकारमा छ । उहाँ यो उपलब्धिलाई समाप्त गर्ने दिशामा अगाडि बढ्नुभएको छ ,’ उनले भने, ‘ढुक्कुरको मुटु लिएर हात्ती बन्न यो दुनियाँमा कोही सक्दैन । ढुक्कुरको छाती भएको शेखर कोइरालाले शेरबहादुर देउवासँग लड्ने हैसियत राख्नुहुन्न । उहाँ त्यसको लायक होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण बन्द माथिल्लो तामाकोशीबाट फेरि विद्युत् उत्पादन सुरु
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म