काँग्रेस धरानको नवनिर्वाचित नगर समितिलाई प्रमाण पत्र वितरण
नेपाली काँग्रेस १४ औँ महाधिवेशन अन्तर्गत धरानका नगर अधिवेशनबाट निर्वाचित भएका नगर समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । बुधबार धरान १२ स्थित गीता भवनमा काँग्रेस धरानका निवर्तमान सभापति एवं मेयर तिलक राईको सभाध्यक्षमा एक कार्यक्रमको आयोजना गरि निर्वाचन समितिद्वारा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको हो ।
काँग्रेस धरानको नगर अधिवेशन असोज ९ गते भएको थियो । उक्त अधिवेशनबाट नगर सभापति श्याम पोखरेलको नेतृत्वमा पदाधिकारीसहित १ सय १ जना सदस्यहरू निर्वाचित भएर आएका छन् । नवनिर्वाचित नगर सभापति पोखरेलले आफ्नो समूहले पार्टीको शिर उच्च बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । पोखरेलले सबैसँग समन्वय गरेर मात्र पार्टी सञ्चालन गर्ने बताए । नगर समितिको कोषाध्यक्ष पदमा सर्वसम्मत रूपमा निवर्तमान नगर सहसचिव पञ्चकला राईलाई मनोनीत गरिएको सभापति उनले घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय