गुल्मीमा चट्याङ लागेर ९ घाइते, एकको अवस्था गम्भीर
![गुल्मीमा चट्याङ लागेर ९ घाइते, एकको अवस्था गम्भीर](https://rpcdn.ratopati.com/media/albums/chatyang_lightening_X3MlEHgPne.jpg)
गत राति गुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा चट्याङ लागेर ९ जना घाइते भएका छन् । ती मध्ये गम्भीर रहेको एक जनालाई जिल्ला अस्पतालबाट गए राती नै पाल्पा रिफर गरिएको छ । गाउँपालिका–३ र ४ को बीचमा पर्ने तोरीपाटा र मालारानी गाउँमा अविरल वर्षाकाे साथै चट्याङ परेपछि टोलमा भागाभाग भएको थियो । भागाभाग कै क्रममा तोरीपाटा गाउँका ५० वर्षीय झके नेपालीसहित ९ जना चट्याङ्ग लागेर घाइते भएका थिए । घाइतेहरूमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेकोले इस्मा ३ तोरीपाटाकी २२ वर्षीया गीता नेपालीलाई पाल्पाको प्रभास अस्पतालमा गए राती नै रिफर गरिएको प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
झके नेपाली र १९ वर्षीया रिता नेपालीको जिल्ला अस्पताल मै उपचार भइरहेको छ । २४ वर्षीया बालिका नेपाली, २८ वर्षीया लक्ष्मी नेपाली ( क ) १९ वर्षीया लक्ष्मी नेपाली ( ख) २२ वर्षीया सीता नेपाली , ४५ वर्षीय तेजबहादुर नेपाली , वडा नम्बर ४ मालारानीकी ३२ वर्षीया पार्वती नेपाली र २९ वर्षीया जलपा नेपालीसहित ६ जनाको स्थानीय मेडिकल मै उपचार भइरहेको छ । चट्याङ लानेर घाइते भएका तेजबहादुर नेपालीको एउटा गोरु पनि मरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक इन्जिनियर र दुई जना सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
मुख्यमन्त्री काठमाडौँबाट फर्किएपछि राजीनामा बुझाउने तयारीमा एमालेका मन्त्रीहरु
-
सरकारले निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी दिन बाँकी
-
कर्णालीको बजेट बहुमतले पारित
-
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
-
बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण