बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

बिहीबार, १४ असोज २०७८, ०७ : २२
बिहीबार, १४ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । 

विहीबार विहान सर्वदलीय बैठक बोलाएका देउवाले अपरान्ह मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक नै भएको बताए । उनका अनुसार सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप