काठमाडौँ उपत्यकाका ७३ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए । उपत्यकामा हिजो (मङ्गलबार) सम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या छन् ।
उनका अनुसार काठमाडौँ जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्ण मात्रा ७४ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेका छन् । काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेका थिए । यस्तै भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्ण मात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ६९ प्रतिशतले खोप लगाइसकेका छन् ।
भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना र ललितपुरमा तीन लाख ८२ हजार ८६० जना लक्षित खोप लगाउने जनसङ्ख्या रहेका छन् । सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तभित्र सबै लक्षित जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन
-
एमालेले बिन्दा र उषाकिरणलाई निलम्बनको निर्णय गर्यो, तर पत्र दिएन
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक