शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता मिश्र सवारी दुर्घटनामा घाइते

बुधबार, १३ असोज २०७८, २१ : १६
बुधबार, १३ असोज २०७८

अभिनेता श्यामकुमार मिश्र सवारी दुर्घटनामा घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट विजयनगर फर्किने क्रममा मंगलबार मध्यान्ह उनी आफै सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका हुन् । दुर्घटनामा मिश्रको दुबै खुट्टा, हात र ढाड भाँचिनुका साथै शरिरका विभिन्न स्थानमा चोटपटक लागेको छ ।

विजयनगर हाइवेमा रहेको प्रहरी चौकी नजिकैको पोखरीमा लडेको अवस्था रहेका उनलाई गाउँलेले फेला पारेर नजिकको अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएको केही घण्टापछि मात्र होस खुलेका मिश्र बुधबारबाट बोल्न र मान्छे चिन्न थालेका छन् ।

उनलाई बिहीबार थप उपचारका लागि भारतको लखनउ लैजाने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ ।

 नालायक, देउता, ब्वाइफ्रेण्ड लगायत आधा दर्जन बढी नेपाली फिल्म अभिनय गरेका मिश्रले भोजपुरी र नेपाली गरेर दर्जन बढी गीतसमेत गाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप