रात्रि व्यवसायलाई व्यवस्थित बनाउन कार्यदल गठन गर्ने निर्णय

रात्रि व्यवसायलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले कार्यदल बनाउने निर्णय गरेको छ । सरकारका अधिकारी र रात्रिकालिन व्यवसायीसँगको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले कार्यदल गठन गर्ने निर्णय गरेका हुन् । बुधवार सिंहदरबारमा भएको छलफलमा गृह मन्त्रालयका अधिकारी, उद्योग मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका प्रतिनिधि र रात्रि व्यवसायका पदाधिकारी सहभागी थिए ।
छलफलमा दोहोरी व्यवसायी संघका विनोद श्रेष्ठ, ठमेल पर्यटन विकास परिषद्का राजुमान डंगोल र रात्रिकालिन व्यवसायी संघका दिनेश श्रेष्ठ लगायतले २४ घण्टा व्यवसाय सञ्चालनको वातावरण बनाइदिन आग्रह गरेका थिए । कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन आफु तयार रहेको भन्दै गृहमन्त्री खाँणले कार्यदलले बुझाउने प्रतिवेदनका आधारमा निर्णय गरिने बताए ।
काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले राति २ बजेसम्म रात्रि व्यवसाय संचालन गर्न अनुमती दिएको छ । कोभिड–१९ प्रोटोकल पालना गरेर चौबीसै घण्टा रात्रि व्यवसाय चलाउन व्यवसायीले माग राखेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
‘देशभरको रात्रि व्यवसायलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे छलफल भएको छ’ काठमाडौंका प्रजिअ रिजालले भने । बैठकमा गृहसचिव टेकनाराण पाण्डेले व्यवसायलाई सुरक्षित बनाउने दायित्व व्यवसायीको भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?