बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गुल्मीमा चितुवाको छालासहित २ जना पक्राउ

बुधबार, १३ असोज २०७८, २० : ३८
बुधबार, १३ असोज २०७८

गुल्मीमा बुधबार चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छत्रकोट गाउँपालिका–२ भेडुवा बजारका  २७ वर्षीय  सुमन खनाल  र सोही स्थानका ३१ का ३१ वर्षीय  हरिबहादुर सार्की पक्राउ रहेका छन् ।

छत्रकोट गाउँपालिका–३ लुम्छा बजारमा रहेको घिमिरे होटल एण्ड लजमा प्रहरीले छापामा मारेर चितुवाको दुई थान चितुवाका छालासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनकाअनुसार लुम्बिनी प्रदेश प्रहरीको विशेष अनुसन्धान टोली र  जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप