नेपाल फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
बुधबार, १३ असोज २०७८, २० : २५
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
फाइनान्सले हाल कायम चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ को ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो ।
१ कित्ता बराबर ०.७० कित्ता हकप्रद निष्काशन गरेपछि फाइनान्सको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म