गण्डकीमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो तीन दिनमा प्रदेशमा ३३७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १६८ महिला १६९ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की १९९, बागलुङ १३, स्याङ्जा ३३, म्याग्दी १९, पर्वत २, गोरखा ३०, लमजुङ ८, तनहुँ २५ र नवलपरासी पूर्वमा ८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार ५७१ पुगेको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा–२५ की २४ वर्षीय महिला, पोखरा–१२ का ७५ वर्षीय पुरुष र तनहुँको शुक्लागण्डकी नगरपालिका –७ की ७३ वर्षीय महिला रहेका छन् । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६० पुगेको छ ।
प्रदेशमा पछिल्लो तीन दिनमा २४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ९७३ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २३८ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’