आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बुधबार, १३ असोज २०७८, १९ : १७
बुधबार, १३ असोज २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बुधबार नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । हरेक संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने संवैधानिक दायित्व अन्तर्गत मधेसी आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरिएको हो ।

आयोगका अनुसार गत आर्थिक वर्ष आयोगमा १९० उजुरी प्राप्त भएका थिए । मधेसी समुदायको अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी संकलन गरी सो उपर छानबिन गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने दायित्व अन्तर्गत ती उजुरीलाई सम्बन्धित निकायमा सिफारिस गरी पठाइएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा आयोगले तराई मधेसमा बाढीले पु–याएको क्षति न्यूनीकरण गर्न र प्रभावित व्यक्तिहरुको खाना, नाना र छानाको व्यवस्थापनका लागि चाल्नुपर्ने कदम, नेपाल–भारत सीमामा देखिएको समस्यालाई द्विपक्षीय वार्तामार्फत समाधान गर्न सरकारलाई सुझाव दिइएको पनि प्रतिवेदनमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप