बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

बुधबार, १३ असोज २०७८, १८ : ४७
बुधबार, १३ असोज २०७८

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३५ वर्षीया सीता बिकको हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-७ न्युखोला बस्ने उनका श्रीमान् ३० वर्षीय बिष्णु विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

आपसमा सामान्य विवाद हुँदा मंगलबार राति विष्णुले सीताको टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप