बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

बुधबार, १३ असोज २०७८, १८ : ४७
बुधबार, १३ असोज २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन् । बुधबार राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी हुन् । संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुबै विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि तत्कालीन केपी ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले आर्थिक विधेयक ल्याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप