शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेतृत्व परिवर्तनको विकल्प छैन, नत्र जनताले विश्वास गर्दैनन् : प्रकाशमान सिंह

बुधबार, १३ असोज २०७८, १८ : २८
बुधबार, १३ असोज २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेता सिंहले पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने तर्क समेत गरे । 

उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अघि बढन आफूले आग्रह गरिरहेको बताए । 
 बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘भनौं न शेरबहादुरजी नै किन नहोस्, रामचन्द्र पौडेललगायत अरु सिनियर लिडरहरू सबैलाई हाम्रो सम्मान छ । तर समय त आएजस्तो छ । उहाँहरुले अर्को लिएर लिडरसिपलाई नेतृत्व सुम्पने समय आएको कारणले तपाईहरुले सोच्नु प¥यो भनेर मैले चाँही जोड दिइरहेको छु । जनताले विश्वासको मत समेत नदिने भएकाले आगामी १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई संस्थागत ढंगले अघि बढाउनुपर्ने हुन्छ ।’

सिंहले जिल्ला जिल्लाका कार्यकर्ताहरूले पार्टीको नेतृत्व लिन आफूलाई दवाव दिइरहेको दावी समेत गरे । गणेशमानको छोरा पार्टीको नेतृत्व लिन किन तयार नहुने भनेर पार्टीका कार्यकर्ताहरूले आफूलाई गाली गर्ने गरेको उनको भनाइ थियो । नेता सिंहले पार्टीको आसन्न महाधिवेशनमा विवेकको मत दिएर पार्टीको नेतृत्व चयन गर्न पनि महाधिवेशन प्रतिनिधिहरूलाई ध्यान दिन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप