शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराबाट कछुवाको खपटासहित तीन भारतीय पक्राउ

बुधबार, १३ असोज २०७८, १८ : १८
बुधबार, १३ असोज २०७८

पोखरामा कछुवाको खपटासहित तीन भारतीय पक्राउ परेका छन् । पोखरा –३२ मझुवाबाट १ थान कछुवाको खपटासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भई स्याङ्जा गल्याङ बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय किशोर रहेका छन् । 

रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ४९९२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त खपटा सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप