काेराेना बीमाकाे भुक्तानीबारे अर्थ मन्त्रालयको चासो
बुधबार, १३ असोज २०७८, १८ : ००
विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी काेराेना बीमाकाे सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् ।
बुधवार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बाेलाएर काेराेना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्राेत साधन र उपायका विषयमा छलफल गरेका हुन् । यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । समयमा भुक्तानी नदिँदा बीमितहरुले आक्रोश पोख्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त