अमेरिका जान १ लाख ७० हजारमा ‘नक्कली सर्टिफिकेट’ खरिद
किन्ने र बनाउने ३ जना पक्राउ
बुधबार, १३ असोज २०७८, १७ : ३२
अमेरिका जानका लागि ‘नक्कली सर्टिफिकेट’ किनेर दूतावासमा पेश गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । युएस डाइभर्सिटी भिसा (इडिभी)–२०२१ मा नाम निस्केपछि अमेरिकी दूतावासमा प्लस टुको नक्कली सर्टिफिकेट पेश गर्ने र बनाउनेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सर्टिफिकेश पेश गर्ने चितवन घर भएका नविन दराई, रौतहटका शिव रोका र फर्जी सर्टिफिकेट बनाइदिने चितवन घर भएका जीवन कार्की छन् । जीवन कार्कीले नविन दराईसँग १ लाख ७० हजार लिएर सर्टिफिकेट बनाएर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मंगलबार महाराजगञ्ज र कलंकीबाट पक्राउ गरेर उनीहरुलाई कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको एसएसपी खापुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण