शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

बुधबार, १३ असोज २०७८, १७ : २०
बुधबार, १३ असोज २०७८

लेखक राजु अधिकारीको दोस्रो कृति तथा पहिलो उपन्यास ‘राज्याभिषेक’ विमोचन गरिएको छ । लेखक राजु अधिकारीले चीनबाट तथा कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले नेपालबाट अनलाइनमार्फत सो पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

केही वर्षदेखि निरन्तर रुपमा साहित्यिक कृति प्रकाशन गर्दै आइरहेको ‘वी रिड’ प्रकाशनले सो पुस्तक बजारमा ल्याएको हो । विज्ञान विषयक कथा लेखनमा रुची राख्ने लेखक अधिकारीले आफ्नो पिताबाट प्रेरित भई साहित्य क्षेत्रमा कलम चलाउन सुरु गरेका हुन् । यस पुस्तकमा विज्ञानलाई जोडेर भविष्यमा हुनसक्ने सम्भाव्य घटनालाई काल्पनिक रूपमा उनले प्रस्तुत गरेका छन् ।

लेखनको हिसावले अधिकारीको यो पहिलो कृति नभए पनि प्रकाशनको हिसाबले यो उनको पहिलो प्रकाशित उपन्यास हो । यसअघि उनको ‘वी रिड’ प्रकाशनबाट लावण्यदेश कथासंग्रह प्रकाशित भइसकेको छ । ‘राज्याभिषेक’ राजु अधिकारीको पशुपन्छी अधिकार र मानवतासँग सम्बन्धित पर्यावरणीय चेतना सम्पन्न कृति हो । यस कृतिले पृथ्वीलाई मानव र पशुपन्छीहरूको साझा वासस्थान हो भन्ने चेतनालाई औपन्यासिक कलामा अगाडि सारेको छ ।

मानिसले धर्तीका सबै श्रोत र साधनहरूमा आफ्नो एकल कब्जामात्र जमाएको छैन, यहाँ बस्ने जनावरहरूमाथि पनि निर्मम अत्याचार गरिरहेको तथ्य यो पुस्तकले उजागर गरेको छ । उपन्यासमा यो धर्ती मानिसको मात्र होइन, यहाँ बस्ने सबै जनावरको उत्तिकै अधिकार रहेको र मानिसले जनावरहरूको पनि भावना बुझ्नुपर्छ, उनीहरूलाई पनि स्वतन्त्रतापूर्वक धर्तीमा बाँच्न दिनुपर्छ भन्ने तर्क प्रस्तुत गरेको छ ।

२३२ पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ तोकिएको छ । यो पुस्तक बजारमा र अनलाइनमार्फत उपलब्ध हुने ‘वी रिड’ प्रकाशनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप