रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाउँदै
बुधबार, १३ असोज २०७८, १७ : १५
क्रिस्टियानो रोनाल्डोले बुधबार मध्यरात च्याम्पियन्स लिग फुटबलमा नयाँ कीर्तिमान बनाउँदै छन् । नेपाली समयअनुसार मध्यराति म्यानचेस्टर युनाइटेडले भिल्लरियलको सामना गर्दैछ । यो खेल रोनाल्डोको करियरको १ सय ७८ औं च्याम्पियन्स लिग खेल हुनेछ । इकार कासियास र रोनाल्डोको नाममा संयुक्त रुपमा १ सय ७७ खेल खेल्ने कीर्तिमान छ ।
रोनाल्डोले अब सर्वाधिक खेल खेल्ने कीर्तिमान आफ्नो नाममा एकलौटी गराउनेछन् । च्याम्पियन्स लिगमा जार्भी हर्नान्डेजले १ सय ५७ र लियोनल मेस्सीले १ सय ४९ खेल खेलेका छन् ।
प्रतियोगिताका सर्वाधिक गोलकर्ता
च्याम्पियन्स लिगको इतिहासमा रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । उनले १ सय ३५ गोल गरेका छन् । युनाइटेडमा फर्किएयता रोनाल्डोले प्रिमियर लिगमा तीन र च्याम्पियन्स लिगमा एक गोल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी
-
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण उपस्थित हुनसक्नु भएन : महेश बर्तौला
-
मदन राईलाई साढे २ वर्ष जेल सजाय तोकियो
-
सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप
-
रवि लामिछानेको बचाउमा किन उत्रिए प्रचण्ड ?
-
सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी