बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाउँदै

बुधबार, १३ असोज २०७८, १७ : १५
बुधबार, १३ असोज २०७८

क्रिस्टियानो रोनाल्डोले बुधबार मध्यरात च्याम्पियन्स लिग फुटबलमा नयाँ कीर्तिमान बनाउँदै छन् । नेपाली समयअनुसार मध्यराति म्यानचेस्टर युनाइटेडले भिल्लरियलको सामना गर्दैछ ।  यो खेल रोनाल्डोको करियरको १ सय ७८ औं च्याम्पियन्स लिग खेल हुनेछ । इकार कासियास र रोनाल्डोको नाममा संयुक्त रुपमा १ सय ७७ खेल खेल्ने कीर्तिमान छ ।

रोनाल्डोले अब सर्वाधिक खेल खेल्ने कीर्तिमान आफ्नो नाममा एकलौटी गराउनेछन् । च्याम्पियन्स लिगमा जार्भी हर्नान्डेजले १ सय ५७ र लियोनल मेस्सीले १ सय ४९ खेल खेलेका छन् । 

प्रतियोगिताका सर्वाधिक गोलकर्ता 

च्याम्पियन्स लिगको इतिहासमा रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । उनले १ सय ३५ गोल गरेका छन् ।  युनाइटेडमा फर्किएयता रोनाल्डोले प्रिमियर लिगमा तीन र च्याम्पियन्स लिगमा एक गोल गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप