बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

क्युमेड र लोमसका औषधि बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

बुधबार, १३ असोज २०७८, १६ : ५३
बुधबार, १३ असोज २०७८

औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेको दुईथरी औषधिलाई रोक लगाएको छ । क्युमेड फर्मुलेसन प्रालि र लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको लेभोसेफ ५०० एमजी र जेफिक्स १०० औषधिहरुमा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ ।

बुधबार सूचना जारी गर्दै बजार अनुगमनका क्रममा दुवै कम्पनीले उत्पादन गरेको यी दुई औषधिमा न्यून गुणस्तर पाइएको हो । औषधि व्यवस्था विभागले दुई कम्पनीलाई औषधि ऐन २०३५ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । यस्तै, विभागले बजारमा पुगेका ती औषधि तत्कालै फिर्ता गर्न निर्देशन दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप