थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना भेन्टिलेटरमा
बुधबार, १३ असोज २०७८, १६ : ४६
बितेको २४ घण्टामा देशभर ११५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १११३ जना संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान समेत गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६४ हजार ८४७ जना निको भएको छन् । हाल निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ । हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये ९९ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै ३४५ जना आईसीयूमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण