शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश र संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीबीच भेटघाट, संवैधानिक इजलास शीघ्र सुनुवाइको माग

बुधबार, १३ असोज २०७८, १६ : ३९
बुधबार, १३ असोज २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीबीच भेटवार्ता भएको छ । मञ्चको नवनियुक्त कार्यसमितिले बुधबार प्रधानन्यायाधीशसहित केही न्यायाधीशलाई सर्वोच्चमै भेटघाट गरेको हो ।
मञ्चको नवनिर्वाचित अध्यक्ष दिनेश त्रिपाठीसहितको पदाधिकारीले प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, कुमार रेग्मी र डा.मनोज शर्मासँग संयुक्त भेटघाट गरेको हो । 

भेटघाटका क्रममा अध्यक्ष त्रिपाठीले न्यायिक सुधार र पारदर्शिताका लागि हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल लागू गर्न मागसमेत गरेको छ । अधिवक्ता त्रिपाठीका अनुसार भेटका क्रममा व्यापक न्यायिक सुधार तथा पारदर्शिताका लागि न्यायाधीश हरिकृष्ण कार्कीसहितको समितिले पेस गरेको प्रतिवेदन तत्काल लागू गर्न माग गरिएको छ ।

त्यसैगरी संवैधानिक आयोगमा भएका नियुक्ति तथा त्यसका सम्बन्धमा परेका रिटमाथिको सुनुवाइ तत्काल सुचारु गर्न मागसमेत गरेको अध्यक्ष त्रिपाठीले बताए ।  भेटका क्रममा मञ्चका महासचिव सरोजकृष्ण घिमिरे, सचिव पवन जयसवाल, कोषाध्यक्ष रोशन पोखरेल लगायतको सहभागिता रहेको थियो । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप