सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्दा बाइक उपहार

बुधबार, १३ असोज २०७८, १६ : २४
बुधबार, १३ असोज २०७८

सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर आकर्षक उपहारहरू घोषणा गरेको छ । जस अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २–भी बाइक, एलजी र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरु रहेका छन् ।
मलले एक हजार रुपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको घोषणा गरेको हो । मलमा सपिङ गर्ने एकजना भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २–भी  बाइक पाउने सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए । त्यस्तै हरेक साता एक जनालाई ग्यापु डट कमको तर्फबाट १० हजार रुपैयाँको नगद भौचर समेत प्रदान गरिने ठकुरीले बताए ।

असोज १२ देखि मङ्सिर ४ सम्म चल्ने उक्त अफरमा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जोडीलाई कल्चर रिसोर्टमा दुई रात तीन दिनको बसाइसहित पोखरा राउन्ड ट्रिपको पनि व्यवस्था गरिने मलले जनाएको छ । दशैं तिहारको अवसरमा सिभिल मलमा सामान किन्नेले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै सिभिल मलको सामाजिक संजालमा फलो गरेर पनि टिभिएस स्कुटर जित्न सकिनेछ । सिभिल मलको फेसबुक पेज लाइक, इन्स्टाग्राम फलो र युट्युब सस्ब्सक्राइब गर्ने मद्ये एक जनाले टिभिएस एनटिओआरक्यु स्कुटर जित्न सकिने ठकुरीले बताए ।

मलले एक हजार रुपैयाँ वा सोभन्दा माथिको खरिदमा उपभोक्तालाई कुपन दिनेछन् । लक्की ड्रको विजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ । उपभोक्ताले सिभिलमा लकै सूचना पाटी तथा फेसबुक पेजबाट हेर्न सकिनेछ ।
सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो । ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । मल प्रवेश अगावै सेनिटाइजर लगाएर र तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न गराइरहेको मलले जनाएको छ ।

त्यस्तै हरेक दिन मल खुल्नुअघि र मल बन्द भएपछि डिसइन्फेक्ट समेत गर्दै आएको छ । मलले सामाजिक दूरी कायम गर्न÷गराउन विभिन्न ठाउँमा मार्क र मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप