माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १२ सय प्रतिनिधि सहभागी हुने
नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी बन्ने आँकलन गरेको नेता गणेश साहले जानकारी दिए । ‘स्थानीय,प्रदेश र केन्द्रका गरेर १२ सय प्रतिनिधि सहभागी हुनसक्ने आँकलन गरिएको छ’, साहको भनाइ छ ।
यसैगरी बैठकले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरु प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने भएका छन् । माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
नेता देव गुरुङले यसबीचमा विभिन्न घटकसँग भएका पार्टी एकता र अर्को पार्टीबाट आएका नेताहरुलाई जिम्मेवारी दिने सवालमा पार्टीमा गठन भएको कार्यदलको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै उनले स्कुल विभागले पेश गरेको प्रतिवेदनबारे पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै उनले बैठकमा संगठनलाई अझ व्यवस्थित पार्न संगठन विभागबाट आएको सुझावका बारेमा छलफल भएको बताए । ‘पार्टीलाई कसरी अझ सुदृढ व्यवस्थित पार्ने ? गुणात्मक ढंगले संगठनलाई कसरी विस्तार गर्ने भन्ने केही योजनाहरु संगठन विभागले प्रस्तुत गरेको छ । र ती कुराहरु मूलभूत रुपमा बैठकले स्वीकार गरेको छ’, बैठकपछि नेता गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण