सेयर बजार ‘बाउन्स ब्याक’, ५० अंकले बढेको नेप्सेमा ५ अर्बको कारोबार
लामो समयको अन्तरालपछि आज बुधबार सेयर बजार परिसूचक ५० अंकले बाउन्स ब्याक भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ५०.५८ अंकले बढेर २६ सय ६५.९३ विन्दुमा पुगेको हो ।
गत मंगलबार परिसूचक ७०.०१ अंकले घटेर २६ सय १५.४० विन्दुमा झरेको थियो ।
आज सबैजसो उपसमूह धनात्मक (पोजेटिभ) भएर सेयर बजारमा नै हरियाली छाएको दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ८.५८ अंकले बढेर ५०३.४६ विन्दुमा उक्लिएको छ । यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ४.८७ प्रतिशतले वृद्धि भएको छ । जबकी मंगलबार सोही समूह उपसूचक सबैभन्दा बढी ७.३७ प्रतिशतले घट्न पुगेको थियो ।
यस्तै आज हाइड्रोपावर समूहले ४.२२ प्रतिशतले बढेको छ भने, विकास बैंकको ३.१८ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको २.३२ प्रतिशतले वृद्धि भएको छ । यस दिन सबै भन्दा बढी कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र अपीपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसले अधिकतम १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा मेगा बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । मेगा बैंकका सेयरधनीहरूले आज ३.९२ प्रतिशतले गुमाएका छन् ।
यद्यपि, ५० अंक माथिले बढेको बजारमा कारोबार रकम भने ५ अर्बमा सीमित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा
-
उद्योग र उद्यमशिलताको विकासविना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी
-
नयाँ भर्सनमा ‘जाउँ साइँली बेनी बजार’
-
नागदहमा मोटरेबल पुलको डीपीआर, नाम्दु–मार्बु–क्षेत्रपा सडक अधुरै
-
लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो : राष्ट्रपति
-
राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान